sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » खोटाङमा एक लाखको ‘विकास पत्रकारिता अक्षय कोष’

खोटाङ, १ मंसिर । खोटाङमा ‘विकास पत्रकारिता अक्षय कोष’ स्थापना गरिएको छ । विकास निर्माणका पक्षमा कलम चलाउने जिल्लाका पत्रकारलाई प्रोत्साहन स्वरुप दिइने पुरस्कारको दिर्घकालिन श्रोत व्यवस्थाका लागि १ लाखको बिकास पत्रकारिता कोष स्थापना गरिएको हो । 
बिकास पत्रकारिता कोष स्थापनाकालागि पत्रकार महासंघलाई सम्झौतापत्र हस्तान्तरण गर्दै स्थानीय बिकास अधिकारी निश्चलराज पाण्डे (दायाँ) ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङसँगको सहकार्यमा जिल्ला विकास समितिले बिकास पत्रकारिता अक्षय कोष स्थापना गरेको हो । जिल्लामा प्रतिष्पर्धी र बिकासमैत्री पत्रकारितालाई बढावा दिने उद्धेश्यले बिकास पत्रकारिता पुरस्कार स्थापना गरिएको स्थानीय बिकास अधिकारी निश्चलराज पाण्डेले बताए । जिबिसमा बुधबार आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा कोष खडा गर्नकालागि प्रथम पक्षका रुपमा जिल्ला बिकास समितिकातर्फबाट स्थानीय बिकास अधिकारी पाण्डे र दोश्रोपक्षकारुपमा नेपाल पत्रकार महासंघका अध्यक्ष दमन राईले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

गत फागुन २७ गते सम्पन्न २३ जिल्ला परिषदले बिकासप्रति प्रोत्साहित गर्न १ लाख रुपैयाँको बिकास पत्रकारिता कोष खडा गर्ने प्रस्ताव पारित गरेको थियो । जिबिसले उपलव्ध गराउने रकम ‘क’ बर्गको बैंकमा खाता खोलेर जम्मा गर्ने र आउने व्याजबाट बिकासका क्षेत्रमा काम गर्ने पत्रकारलाई पुरस्कृत गर्ने व्यवस्था मिलाइने जनाइएको छ । जिल्लाको विकास निर्माण तथा परिवर्तनमा पत्रकारलाई हौसला प्रदान गर्नकालागि एक लाखबाट सुरु गरिएको कोषलाई क्रमशः बृद्धि गर्दै लगिने महासंघले जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post