sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » खोटाङका चार उद्यमी सम्मानित

खोटाङ, ९ मंसिर । लामो समयदेखि उद्योगका क्षेत्रमा क्रियासिल खोटाङका चार उद्यमी सम्मानित भएका छन् ।
 प्रथम उद्योग दिबसको अवशरमा बिहिबार घरेलु तथा साना उद्योग बिकास समितिले राडीपाखी व्यावसायी चन्द्रकुमारी गुरुङ, फलफुल प्रशोधन व्यवसायी रामबहादुर राई, मौरी पालन व्यवसायी बलराम राई र सिलाईकटाई व्यवसायी धनसुर परियारलाई सम्मान गरिएको हो । 

गाउँमा बसेर स्वाभीमानी, स्ववलम्बी र आत्मनिर्भर बन्ने प्रेरणा जगाउँदै लघु, घरेलु तथा साना उद्योगको प्रबद्र्धनमा योगदान पु¥याएकोमा चार उद्यमीलाई जनही एक हजारका साथमा कदरपत्र प्रदान गरिएको छ । 
सफल र क्रियासिल चार उद्यमीलाई प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्की र स्थानीय बिकास अधिकारी निश्चलराज पाण्डेले नगद तथा कदरपत्र प्रदान गर्नुभएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post