sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » अग्रज भलिबल कपमा दोर्पा चिउरीडाँडा प्रथम

खोटाङ २४ कात्तिक
कांग्रेस खोटाङ क्षेत्र नम्बर २ ले खोटाङ बजारमा आयोजना गरेको जिल्ला स्तरिय अग्रज भलिबल कप दोर्पा चिउरीडाँडा गाविसले जितेको छ । बुधबार भएको समापन खेलमा कृष्ण मावि सिमपानी बर्रेलाई हराउँदै दोर्पा चिउरीडाँडाले भलिबल प्रतियोगीताको पहिलो कप उचालेको हो । हारसँगै कृष्ण माबि दोश्रो भएको छ ।

भगवती उच्च माविको खेलमैदानमा आयोजना गरिएको प्रतियोगीतामा लिच्कीराम्चे गाबिसलाई हराउँदै आयोजकले तेश्रो र लिच्कीराम्चे गाबिसले शान्त्वना स्थान प्राप्त गरेको छ । प्रतियोगीताका प्रथम, दोश्रो, तेश्रो र शान्त्वना स्थान प्राप्त टिमलाई क्रमशः ५० हजार, ३० हजार, १५ हजार र ५ हजार नगदका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । बिजेता टिमलाई कांग्रेस नेता तथा शहरी बिकास मन्त्री अर्जुननरसिं केसीले पुरस्कार प्रदान गरे ।

प्रतियोगीतामा आयोजकका रामचन्द्र राई उत्कृष्ट खेलाडी, कृष्ण माबि सिमपानीका लोकेन्द्र थापा उत्कृष्ट स्पाईकर र लिच्कीराम्चेका उमेस बस्नेत अनुशासित खेलाडी घोषित भएको आयोजक समितिका अमृत गिरीले जानकारी दिए । कार्तिक २१ गते उदघाटन गरिएको खेलमा जिल्लाका १६ टिमले प्रतिष्पर्धा गरेका थिए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post