sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » आन्दोलनरत विद्यार्थीलाई वार्तामा आउन शिक्षाको आह्वान

खोटाङ, ६ मंसिर । खोटाङमा शैक्षिक बिसंगती नियन्त्रणकालागि दवावमुलक आन्दोलनमा उत्रिएको संघीय समाजबादी फोरम निकट समाजबादी विद्यार्थी फोरमलाई शिक्षाले वार्तामा बोलाएको छ ।
 मार्कसिट तथा चारित्रिक प्रमाणपत्रको शुल्कमा भइरहेको मनपरी तथा भवन निर्माणमा भइरहेको अनियमितता लगायतका शैक्षिक बिकृति र बिसंगती नियन्त्रणका लागि राखेको मागलाई जिल्ला शिक्षा कार्यालयले बेवास्ता गरेको भन्दै आन्दोलन थालेको समाजबादी विद्यार्थी फोरमलाई सोमबार शिक्षाले वार्ताकालागि आव्हान गरेको हो । मंगलबार बिहानको वार्ताकालागि शिक्षाले पत्र पठाएको समाजबादी विद्यार्थी फोरम खोटाङका अध्यक्ष रबिन खम्बूले बताए । 
शैक्षिक बिकृति नियन्त्रणको मागमा शिक्षाले सुनुवाई नगरेको भन्दै आन्दोलनमा उत्रिएको बिद्यार्थी फोरमले आईतबार शिक्षा कार्यालय अगाडि एक घण्टा धर्ना दिएको थियो । बिहिबार सदरमुकाम दिक्तेलमा बिरोध ¥याली निकालेको फोरमले दिक्तेलस्थित कार्यालयबाट जुलुस लिएर शिक्षा कार्यालय अगाडि धर्ना दिएका हुन् । 
विद्यार्थी फोरमले शैक्षिक प्रमाणपत्रको शुल्कमा भइरहेको मनपरीलाई रोक्न, शैक्षिक प्रमाणपत्रको शुल्कमा एकरुपता कायम गर्न, विद्यार्थी रोक्ने नियतले शैक्षिक प्रमाणपत्रको शुल्कमा लिइने चर्को शुल्क बन्द गराउन, अनियमित गर्ने शिक्षकलाई कारबाही गर्न, शैक्षिक तालिमलाई कक्षा कोठाभित्र व्यवहारमा उतार्न, विभिन्न समयमा जिम्मा लिइएका भवन निर्माणलाई गुणस्तरिय र पारदर्शी बनाउन भन्दै गत भदौ २१ गते मौखिक तथा असोज २ गते पाँच बुँदे बुझाइएको ज्ञापनपत्रको बिषयमा शिक्षाले बेवास्ता गरेको भन्दै कार्तिक २६ शुक्रबार पहिलो चरणको आन्दोलन घोषणा गरेको थियो ।
एलएलसिको मार्कसिट तथा चारित्रिक प्रमाणपत्र दिएवापत प्रतिविद्यार्थी ५ हजारसम्म शुल्क लिने बिद्यालय, भवन निर्माण लगायतका शिर्षकमा अनियमितता गर्ने विद्यालयको नाम किटेरै कारबाहीकालागि तत्कालिन जिशिअ निर्मलकुमार घिमिरेलाई आग्रह गरेपनि बेवास्ता गरिएकाले संघर्षमा उत्रनु परेको समाजबादी विद्यार्थी फोरमले जनाएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post