sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » स्थानीय तहको विरोधको अनिश्चितकालिन बन्द स्थगन

खोटाङ, ३ मंसिर । खोटाङमा स्थानिय तहको खाकाका बिषयमा असन्तुष्टी जनाउँदै अनिश्चितकालिन बन्दमा उत्रिएका लामीडाँडा, खार्पा, कुभिण्डे, हौंचुर, डुम्रेधारापानी र दुबेकोल गाबिसका स्थानियले बन्द स्थगन गरेका छन् । 
आफुले प्रस्ताव गरेको खाकालाई बेवास्ता गर्दै स्थानिय तहको खाका पठाइएको बिरोधमा मंगलबारदेखि अनिश्चितकालिन बन्दमा उत्रिएका बन्दकर्ताले शुक्रबार अनिश्चितकालिन बन्द स्थगन गरेका हुन् । स्थानिय तह पुःर्नसंरचना प्राबिधिक सहयोग समितिले वार्ता र छलफलका माध्यमबाट समस्या हल गर्नका लागि आह्वान गरेको दोश्रो दिन संघर्ष समितिले बन्द स्थगन गरेका हुन् । समितिले वार्ताकालागि आव्हान गरेका बन्द स्थगन गरिएको संघर्ष समितिका संयोजक फटिककुमार श्रेष्ठले बताउनुभयो । वार्तामा आफ्नो माग सम्बोधन नभए झन कडा संघर्षका कार्यक्रम गर्ने संघर्ष समितिको चेतावनी छ । 

गत साउन २२ गते बसेको भेलाले लामीडाँडा, खार्पा, कुभिण्डे, हौंचुर, डुम्रेधारापानी र दुबेकोल गाबिस समेटेर कुभिण्डेको हरम्टार केन्द्र रहने रावा गाउँपालिका बनाउन संघर्ष समिति बनाएको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post