sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » स्कुल व्यवस्थापनका लागि दलगत टिम नै बनाएर मैदानमा

खोटाङ, ३ मंसिर । खोटाङको दुर्छिमस्थित दुर्छिम माविको व्यवस्थापन समितिमा दलगत गन्ध आउने गरी छुट्टाछट्टै तीन समूह चुनावी मैदानमा उत्रिएका छन् । दलगत र स्वतन्त्र टिम बनाएर तीन समूह चुनावमा उत्रिन पुगेका हुन् । विद्यालय व्यवस्थापन जस्तो निकायमा पार्टीकरण भएको भन्दै कतिपय अभिभावकहरुले भने सो कार्यलाई नराम्रो समेत मानेका छन् ।

कार्तिक ४ गते हुने व्यवस्थापन समितिको निर्वाचनमा अध्यक्ष पदका लागि कांग्रेस पक्षको टिमको नेतृत्व बालकुमार राई, शम्भु राई, निर्मला राउत र पुष्पमल्ल ठकुरीले गरिरहेका छन् । यस्तै, एमाले र माओवादी केन्द्रको संयुक्त टिमको नेतृत्व एमालेका चक्रकुमार राई, गौसरी राई तथा माओवादी केन्द्रका बयन राई र कुमारी राईले लिएका छन् ।

संघीय समाजवादी फोरम र अन्य दलबाट असन्तुष्ट नेता तथा स्वतन्त्र व्यक्तीको नेतृत्व दुर्छिम मावि सुधार मञ्चकातर्फबाट दाइन्द्र राई, गमिता राई, रमेश राई र कविता राईले गरिरहेका छन् । तीन वटै टिम अहिले आ–आफ्नो चुनाव चिन्ह बोकेर दिनरात नभनी अभिभावकको घरदैलोमा दौडधुप गरिरहेका छन् । 

दलगत रुपमा बनाइएका टिममा सबै पूराना अनुहार छन् भने दुर्छिम मावि सुधार मञ्चमा नयाँ अनुहार उभिएका छन् । पूरानो व्यक्तीले व्यवस्थापन समितिको नेतृत्व लिए विद्यालयको शैक्षिक गुणस्तर उस्तै रहने भन्दै स्वतन्त्र र शिक्षाका विषयमा सकरात्मक दृष्टिकोण राख्ने टिमले दुर्छिम मावि सुधार मञ्चका नामबाट उम्मेदवारी दिएको जनाएको छ । 

चुनावी प्रचारप्रसारमा अधिकांशले मोटरसाईकल प्रयोग गरेर गाउँ डुलीरहेका छन् । पूरानो व्यक्तीको हातबाट व्यवस्थापन समितिको नेतृत्व लिन चुनावी मैदानमा उत्रिएका सुधार मञ्चका टिमले व्यवस्थापनमा आमूल सुधार गर्ने, शिक्षक, विद्यार्थी र समाजको शिर उच्च राख्ने, बालबच्चाको उज्वल भविष्य निर्माण गर्ने नारा अघि सारेको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post