sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » समाजबादी विद्यार्थी फोरमको आन्दोलन स्थगित

खोटाङ, ८ मंसिर । खोटाङमा शैक्षिक बिकृति र बिसंगती नियन्त्रणकालागि दवावमुलक आन्दोलनमा उत्रिएको संघीय समाजबादी फोरम निकट समाजबादी विद्यार्थी फोरमले आन्दोलन स्थगित गरेको छ । 
मार्कसिट तथा चारित्रिक प्रमाणपत्रको शुल्कमा भइरहेको मनपरी तथा भवन निर्माणमा भइरहेको अनियमितता लगायतका विषयमा राखेको मागलाई जिल्ला शिक्षा कार्यालयले सम्बोधन गर्ने भएपछि समाजबादी विद्यार्थी फोरमले आन्दोलन स्थगित गरेको जनाएको छ । शैक्षिक बिकृति नियन्त्रणकालागि राखेको मागलाई शिक्षाले बेवास्ता गरेको भन्दै धर्ना, बिरोध ¥याली, भण्डाफोर लगायतका बिरोधका कार्यक्रम गर्दैआएको समाजबादी विद्यार्थी फोरम र जिशिअ ज्ञानमणि नेपालबीचमा पाँच बुँदे सहमती भएपछि आन्दोलन स्थगित गरिएको हो । 
अनियमित गर्ने शिक्षकलाई कारबाही गर्न, शैक्षिक प्रमाणपत्रको शुल्कमा भइरहेको मनपरीलाई रोक्न, शैक्षिक प्रमाणपत्रको शुल्कमा एकरुपता कायम गर्न, विद्यार्थी रोक्ने नियतले शैक्षिक प्रमाणपत्रको शुल्कमा लिइने चर्को शुल्क बन्द गराउन, शैक्षिक तालिमलाई कक्षा कोठाभित्र व्यवहारमा उतार्न, विभिन्न समयमा जिम्मा लिइएका भवन निर्माणलाई गुणस्तरिय र पारदर्शी बनाउन लगायतका मागलाई शिक्षा कार्यालयले सम्बोधन गर्नेभएपछि आन्दोलन स्थगित गरिएको समाजबादी विद्यार्थी फोरमका अध्यक्ष रबिन खम्बूले बताए । मंगलबार भएको वार्तामा एसएलसि लगायतका तहको चारित्रिक प्रभाणपत्रवापत लिइएको बढि शुल्क सम्बन्धित विद्यालयका बाल क्लवको निर्णय बमोजिम शैक्षिक सामग्री खरिद गर्ने, अनियमितता र लापरबाही गर्ने शिक्षकलाई कानूनी दायरामा ल्याउने, निर्माणाधिन भौतिक संरचना तथा कार्यक्रमलाई गुणस्तरिय र पारदर्शी बनाउन पहल गर्ने लगायतका सहमती भएको छ । एलएलसिको मार्कसिट तथा चारित्रिक प्रमाणपत्र दिएवापत प्रतिविद्यार्थी ५ हजारसम्म शुल्क लिने बिद्यालय, भवन निर्माण लगायतका शिर्षकमा अनियमितता गर्ने विद्यालयको नाम किटेरै कारबाहीकालागि तत्कालिन जिशिअ निर्मलकुमार घिमिरेलाई गत भदौ २१ गते मौखिक तथा असोज २ गते लिखित माग राखेपनि बेवास्ता गरेको भन्दै समाजबादी बिद्यार्थी फोरमले कार्तिक २६ गते पहिलोचरणको आन्दोलनको घोषणा गरेको थियो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post