sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » ७०० मेघावाटको दुधकोशी विद्युत आयोजना छिट्टै : सांसद भट्टराई

काठमाडौं १ मंसिर 
खोटाङका सांसद विशाल भट्टराईले ७०० मेघावाट क्षमताको दुधकोसी विद्युत आयोजना चाँडै अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक कुलमान घिसिङसँग सांसदसहितको भेटवार्तापछि उनले यस्तो धारणा सार्वजनिक गरेका हुन् । यो अभियान सफल बनाउन सांसद भट्टराईले सबैसँग आग्रह समेत गरेका छन् ।

सांसद भट्टराईसहितको टोलिले नेविप्राका कार्यकारी घिसिङसँगको भेटपछि फेसबुकमा सार्वजनिक गरेको विचार यस्तो छः
यसबेला काठमाडौलाई अध्यारोमुक्त बनाउने विषयले कुलमान घिसिङ चर्चामा हुनुहुन्छ । यो संगै हाम्रो लागि अर्को पनि सुखद चर्चा छ- दुधकोशी विद्युत आयोजना छिट्टै बन्ने ।
आज हामी माथिल्लो सगरमाथाका केही सांसद सदस्यहरु दुधकोशी आयोजना सिघ्र निर्माणका सम्बन्धमा छलफल गर्न ने।बि।प्रा। का प्रबन्ध निर्देशक घिसिङको कार्यकक्ष पुगेका थियौ ।
करिब एक वर्षअघि बर्तमान राष्ट्रपति विद्यादेवी भन्डारी र तत्कालीन उर्जामन्त्री राधा ज्ञवाली दुधकोशी जलविद्युत आयोजना निर्माणस्थल निरीक्षण गर्न पुग्नुभएको स्मरण गरायौं । र, अहिले पनि राष्ट्रपतिज्यु भेट हुँदा दुधकोशी आयोजना बारे जिज्ञासा राख्ने गर्नुभएको बतायौं ।
आजको भेटघाट र छलफल सकारात्मक रह्यो। ७०० मेघावाट क्षमताको दुधकोशी द्रुतगतिमा बनाएर माथिल्लो सगरमाथाको कायापलट गर्न हामी सबैले पहल गरौँ । केपी ओलिले प्रधानमन्त्री हुँदा एक वर्ष भित्र लोडसेडिङ मुक्त नेपाल बनाउने गरेको घोषणालाई सार्थक बनाउने तर्फ लाग्नुहुने घिसिङज्युलाइ शुभकामना ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post