sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » देउसीको १० हजार आगलागी पीडितलाई

खोटाङ २१ कात्तिक
देउसी खेलेर जम्मा भएको १० हजार ५ रुपैयाँ रकम खोटाङको दिक्तेल नगरपालिका–९ बाम्राङका आगलागी पिडित सुवास ढकाललाई प्रदान गरिएको छ । 

सामुदायीक बिकास सेवा केन्द्र र दिक्तेल रत्नपार्कका टोलबासीले देउसी खेलेर जम्मा गरेको रकममध्ये केही रकम छुट्याएर राहत स्वरुप अग्नी पिडित ढकालाई प्रदान गरिएको हो । सहयोग रकम शनिबार दिक्तेलको रत्नपार्कस्थित सामुदायीक बिकास सेवा केन्द्रको कार्यालयमा आयोजना गरिएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले अग्नी पिडित ढकाललाई प्रदान गर्नुभयो । गत कार्तिक ११ गते राती आगलागीबाट बिचल्नीमा परेका ढकालका चार जनाको परिवारलाई राहत स्वरुप रकम प्रदान गरिएको हो । 

यस्तै, सामुदायीक बिकास सेवा केन्द्र र स्थानीयले देउसी खेलेर जम्मा गरेको ३ हजार ५ रुपैयाँ रकम अपांग सेवा संघलाई पनि प्रदान गरिएको छ । अपांगता भएका व्यक्तीको सहयोगार्थ उपयोग गर्न कोषमा जम्मा गर्नेगरी अपांग सेवा संघलाई रकम प्रदान गरिएको सामुदायीक बिकास सेवा केन्द्रका अध्यक्ष सनमान खड्काले बताउनुभयो । कार्यक्रममा स्थानीय समाजसेबी जीवन श्रेष्ठ, बुद्धिबिनोद लुइटेल, पत्रकार दमन राई लगायतले बोल्नु भएको थियो । कार्यक्रममा म्यूजीकल चेयर प्रतियोगीताका साथमा नाचगान गरिएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post