sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » शैक्षिक विकृतिका विरुद्ध दिक्तेल बहुमुखी क्याम्पसमा भण्डाफोर

खोटाङ, ३० कात्तिक । शैक्षिक विकृति नियन्त्रणका लागि आन्दोलन थालेको समाजबादी विद्यार्थी फोरम खोटाङले दिक्तेल बहुमुखी क्याम्पसमा भण्डाफोर कार्यक्रम गरेको छ । मार्कसिट तथा चारित्रिक प्रमाणपत्रको शुल्कमा भइरहेको मनपरी तथा भवन निर्माणमा भइरहेको अनियमितता लगायतका शैक्षिक बिकृति नियन्त्रणका लागि राखेको मागलाई जिल्ला शिक्षा कार्यालयले बेवास्ता गरेको भन्दै आन्दोलनमा उत्रिएको समाजबादी विद्यार्थी फोरमले बुधबार दिक्तेल बहुमुखी क्याम्पसमा भण्डाफोर कार्यक्रम तथा कोणसभा गरेको हो ।
 कोणसभामा समाजबादी विद्यार्थी फोरमका केन्द्रीय सदस्य निर्मल राई र जिल्ला अध्यक्ष रबिन खम्बूले शैक्षिक बिकृति नियन्त्रणकालागि शिक्षा कार्यालयले बेवास्ता गरेको भन्दै बिरोध गरे । समाजबादी विद्यार्थी फोरमले बिहिबार सरस्वती उच्च माबि दिक्तेलमा भण्डाफोर तथा कोणसभा, मंसिर शुक्रबार दिक्तेलको भवगैरादेखि हाटडाँडाहुँदै किरातचोकसम्म बिरोध ¥याली निकालेर कोणसभा गर्ने तथा मंसिर ५ गते जिल्ला शिक्षा कार्यालयमा एक घण्टा धर्ना दिने लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । 
विद्यार्थी फोरमले शैक्षिक प्रमाणपत्रको शुल्कमा भइरहेको मनपरीलाई रोक्न, शैक्षिक प्रमाणपत्रको शुल्कमा एकरुपता कायम गर्न, विद्यार्थी रोक्ने नियतले शैक्षिक प्रमाणपत्रको शुल्कमा लिइने चर्को शुल्क बन्द गराउन, शैक्षिक तालिमलाई कक्षा कोठाभित्र व्यवहारमा उतार्न, विभिन्न समयमा जिम्मा लिइएका भवन निर्माणलाई गुणस्तरि र पारदर्शी बनाउन, अनियमित गर्ने शिक्षकलाई कारबाही गर्न भन्दै गत भदौ २१ गते मौखिक तथा असोज २ गते पाँच बुँदे बुझाइएको ज्ञापनपत्रको बिषयमा शिक्षाले बेवास्ता गरेको भन्दै विद्यार्थीले कार्तिक २६ शुक्रबार पहिलो चरणको आन्दोलन घोषणा गरेको थियो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post