sponsor

वैदेशिक समाचार

मल्टिमिडिया

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

ग्यालरी

» » » शैक्षिक विकृति नियन्त्रणमा बेवास्ता गरेको भन्दै विरोध जुलुस

खोटाङ, ३ मंसिर । शैक्षिक बिकृति र बिसंगती नियन्त्रणकालागि दवावमुलक आन्दोलनमा उत्रिएको संघीय समाजबादी फोरम निकट समाजबादी विद्यार्थी फोरमले खोटाङ सदरमुकाम दिक्तेलमा बिरोध र्याली निकालेको छ ।

 मार्कसिट तथा चारित्रिक प्रमाणपत्रको शुल्कमा भइरहेको मनपरी तथा भवन निर्माणमा भइरहेको अनियमितता लगायतका शैक्षिक बिकृति नियन्त्रणका लागि राखेको मागलाई जिल्ला शिक्षा कार्यालयले बेवास्ता गरेको भन्दै आन्दोलन थालेको समाजबादी विद्यार्थी फोरमले बिहिबार सदरमुकाम दिक्तेलमा बिरोध ¥याली निकालेको हो ।

शैक्षित्र क्षेत्रमा देखिएको समस्या समाधानकालागि दवाव दिन मंगलबार दिक्तेल बहुमुखी क्याम्पसमा र बुधबार सरस्वती उच्च माबि दिक्तेलमा भण्डाफोर कार्यक्रम तथा कोणसभा गरेको विद्यार्थीले बिहिबार दिक्तेलको भवगैरादेखि हाटडाँडाहुँदै किरातचोकसम्म बिरोध ¥याली निकालेको छ । जिरो प्वइन्टस्थित किरातचौकमा आयोजित कोणसभामा संघीय समाजबादी फोरम शिक्षा बिभागका प्रदेश सदस्य पिके खम्बू, समाजबादी विद्यार्थी फोरमका केन्द्रीय सदस्य निर्मल राई र जिल्ला अध्यक्ष रबिन खम्बूले शैक्षिक बिकृति नियन्त्रणकालागि शिक्षा कार्यालयले बेवास्ता गरेको भन्दै बिरोध जनाए । विद्यार्थी फोरमले शैक्षिक प्रमाणपत्रको शुल्कमा भइरहेको मनपरीलाई रोक्न, शैक्षिक प्रमाणपत्रको शुल्कमा एकरुपता कायम गर्न, विद्यार्थी रोक्ने नियतले शैक्षिक प्रमाणपत्रको शुल्कमा लिइने चर्को शुल्क बन्द गराउन, अनियमित गर्ने शिक्षकलाई कारबाही गर्न, शैक्षिक तालिमलाई कक्षा कोठाभित्र व्यवहारमा उतार्न, विभिन्न समयमा जिम्मा लिइएका भवन निर्माणलाई गुणस्तरिय र पारदर्शी बनाउन भन्दै गत भदौ २१ गते मौखिक तथा असोज २ गते पाँच बुँदे बुझाइएको ज्ञापनपत्रको बिषयमा शिक्षाले बेवास्ता गरेको भन्दै विद्यार्थीले कार्तिक २६ शुक्रबार पहिलो चरणको आन्दोलन घोषणा गरेको थियो । समाजबादी विद्यार्थी फोरमले आईतबार जिल्ला शिक्षा कार्यालयमा एक घण्टा धर्ना दिने जनाएको छ ।
एलएलसिको मार्कसिट तथा चारित्रिक प्रमाणपत्र दिएवापत प्रतिविद्यार्थी ५ हजारसम्म शुल्क लिने बिद्यालय, भवन निर्माण लगायतका शिर्षकमा अनियमितता गर्ने विद्यालयको नाम किटेरै कारबाहीकालागि तत्कालिन जिशिअ निर्मलकुमार घिमिरेलाई आग्रह गरेपनि बेवास्ता गरिएकाले संघर्षमा उत्रनु परेको समाजबादी विद्यार्थी फोरमका जिल्ला अध्यक्ष खम्बूले बताए । ज्ञानमणि नेपाल नयाँ जिल्ला शिक्षा अधिकारीकारुपमा खोटाङ आएको पाँच दिनपछि समाजबादी विद्यार्थी फोरमले आन्दोलन घोषणा गरेको हो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post