sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » स्थानीय भन्छन्- ‘गाउँपालिकाको केन्द्र बनाइए जग्गा निशुल्क दिन्छौँ’

खोटाङ, २१ कात्तिक । खोटाङको ईन्द्रेणीपोखरी गाबिसका स्थानीयले प्रस्ताबित खोटेहाङ गाउँपालिकाको केन्द्र इन्द्रेणीपोखरी बनाइनुपर्ने माग गरेका छन् । शनिबार बसेको सर्वदलीय भेलामा उनीहरुले जुनसुकै पार्टीको दवाव र प्रलोभन आए पनि ईन्द्रेणीपोखरीलाई केन्द्र बनाउने निर्णयबाट पछि नहट्ने प्रतिबद्धता जनाएका छन् । 
गाविसमा क्रियासिल सबै दलका पार्टी प्रमुख, शिक्षक, बुद्धिजिवी, स्थानीय लगायतको भेलाले खोटेहाङ गाउँपालिकाको केन्द्र ईन्द्रेणीपोखरी बनाइए सबै सरकारी कार्यालय निर्माणकालागि आवश्यक जग्गा समेत निशुल्क उपलव्ध गराउने निर्णय गरेका छन् । 

दलीय बिवादका कारण खोटेहाङ गाउँपालिकाको केन्द्र ‘इन्द्रेणीपोखरी, खोटाङबजार वा सिमपानी’मध्ये कुनलाई बनाउने भन्ने विषय हालसम्म अनिश्चित रहेकाबेलामा इन्द्रेणीपोखरीबासीले आफ्नो गाउँलाई केन्द्र बनाउने कसरत सुरु गरेका हुन् । जिल्लाका दलबीच खोटेहाङ गाउँपालिकाको केन्द्रका बिषयमा सहमती जुट्न नसक्दा ‘नाम खाली’ राखेर गाउँपालिका, नगरपालिका तथा बिशेष संरक्षित वा स्वयत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोग समक्ष सिफारिस गरिएको थियो । नागरिक समाजका संयोजक खड्गवहादुर राईको अध्यक्षतामा सम्पन्न भेलाले भूगोल, हावापानी, पर्यप्त जग्गा, भौतिक पुर्वाधारको उपलव्धता लगायतका आधारमा प्रस्ताबित केन्द्रमध्ये इन्द्रेणीपोखरी उपयुक्त रहेको निष्कर्ष निकालेको छ । खोटेहाङको केन्द्र इन्द्राणीपोखरी बनाइए ब्यवस्थित शहरीकरणको निम्ती जथाभावी घर बनाउने तथा घरघडेरी बिक्री वितरण गर्ने कार्यलाई निरुत्साहित गर्दै जमिनको अधिक मूल्या बृद्घिलाई समेत रोक्न पहल गर्ने भेलाले निर्णय गरेको छ । खोटाङमा प्रस्ताव गरिएको दुई नगरपालिका र आठ गाउँपालिकामध्ये विवादका कारण खोटेहाङ गाउँपालिकाको केन्द्र नतोकी दलको राय मात्र पठाइएको थियो । 

नयाँ शक्ति पार्टी नेपालका ईन्द्र नारथुङे, नेपाली काँग्रेसका इन्द्रेणीपोखरीका पूर्वसभापति तारानाथ भट्टराई, नेकपा एमाले गाउँ कमिटी अध्यक्ष टङ्कप्रसाद खतिवडा, राष्ट्रिय प्रजातन्त्र पार्टीका खड्गवहादुर खत्री, संघीय समाजवादी फोरमका गाउँ समिति उपाध्यक्ष शिवकुमार राई, नेकपा क्रान्तिकारी माओवादी जिल्ला संगठन समिति सदस्य प्रविण राई लगायतका स्थानीय नेताले आफ्नो गाउँलाई केन्द्र बनाउन लविङ थालेका छन् । 
स्थानीय तह पुःर्नसंरचना प्राबिधिक सहयोग समिति खोटाङको बैठकमा कांग्रेसले खोटेहाङ गाउँपालिकाको केन्द्र इन्द्रेणीपोखरी, खोटाङबजार, बड्कादियाले र सिमपानीमध्ये कुनै एक मान्य हुने, एमालेले इन्द्रेणीपोखरी, खोटाङबजार र सिमपानीमध्ये कुनै एकलाई बनाउन तथा माओबादी केन्द्र, राप्रपा, नेकपा माले, नयाँशक्ती र खम्बुवान राष्ट्रिय मोर्चालेले इन्द्रेणीपोखरीलाई खोटेहाङ गाउँपालिकाको केन्द्र बनाउन प्रस्तान गरेको सन्दर्भमा इन्द्रेणीपोखरीबासीको यस्तो धारणा आएको हो । केन्द्रका बिषयमा सर्वसहमती नजुटेकाले राप्रपा नेपालले भने जनमत संग्रहबाट केन्द्र तोक्नुपर्ने भन्दै ‘नोटअफ डिसेन्ट’ लेखेको थियो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post