sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » खोटाङमा प्रथम उद्योग दिवस मनाउने तयारी

खोटाङ १ मंसिर । खोटाङमा मंसिर ९ गते प्रथम उद्योग दिवस मनाउने तयारी गरिएको छ । घरेलु तथा साना उद्योग बिकास समितिको अगुवाईमा ‘औधोगिक क्षेत्रमा लगानी, संबृद्धिको सुनौलो बिहानी’ भन्ने नारासहित दिबस मनाउने तयारी गरिएको हो । 

दिक्तेलमा प्रभातफेरी र जिबिस हलमा उद्योगका बिषयमा अन्तरक्रीया गर्दै दिबस मनाउने तयारी गरिएको घरेलु तथा साना उद्योग बिकास समितिका प्रमुख लोकनाथ खतिवडाले बताए । 

१९९३ साल मंसिर ९ गते नेपालमा उद्योग परिषद स्थापना भएको दिन पारेर प्रथम उद्योग दिबस मनाउने तयारी गरिएको हो । मन्त्री परिषदको बैठकले २०७१ साल चैत्र २० गते उद्योग दिबस मनाउने निर्णय गरेको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post