sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » सावा कटहरेमा पूर्ण सरसफाई कार्यक्रमको तयारी

खोटाङ, ६ मंसिर । खोटाङको सावाकटहरेमा खुला दिशामुक्त पश्चातको पूर्ण सरसफाई कार्यक्रम सञ्चालन हुने भएको छ । 
ग्रामिण खानेपानी तथा सरसफाई कोष बिकास समिति (फण्डबोर्ड), जिल्ला बिकास समिति, गाबिस र बाल सेवा समाजको सहकार्यमा पूर्ण सरसफाई कार्यक्रम सञ्चालन गर्न लागिएको हो । गाबिसलाई पूर्ण सरसफाईयुक्त गाबिस घोषणाकालागि आगामी असार मसान्तसम्म कार्यक्रम सञ्चालन हुने जनाइएको छ । 
कार्यक्रम सञ्चालनकालागि सोमबार ग्रामिण खानेपानी तथा सरसफाई कोष बिकास समिति (फण्डबोर्ड)का कार्यकारी निर्देशक भूपेन्द्रप्रसाद अर्याल, स्थानीय बिकास अधिकारी निश्चलराज पाण्डे, गाबिस सचिव सन्तोष दाहाल र बाल सेवा समाजकी अध्यक्ष चन्द्रकला भुजेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post