sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » दिक्तेल–भोजपुर सिधा यातायात सेवा सुरु

खोटाङ, १२ मंसिर । दिक्तेल–भोजपुर यातायात सेवा सुरु भएको छ । दुबै जिल्लाका यातायात व्यवसायीको समन्वयमा पहिलोपल्ट दिक्तेल–भोजपुर सिधा यातायात सेवा सुरु भएको हो । 

दुई जिल्लाका व्यवसायीबीचमा गत बुधबार दिक्तेलमा भएको छलफलपछि दिक्तेल–भोजपुर सिधा यातायात सेवा थालिएको यातायात व्यवसायी संघ खोटाङका महासचिव राजकुमार राईले बताउनुभयो ।

९२ किलोमिटर दिक्तेल–भोजपुर यातायात सेवा सुरु भएपछि दिक्तेलबाट सिधै भोजपुर र भोजपुरबाट सिधै दिक्तेल ओहोरदोहोर गर्ने यात्रु लाभान्बित भएका छन् । यसअघिसम्म दिक्तेलबाट चखेवाभञ्ज्याङ ४८ किलोमिटर र भोजपुरबाट चखेवाभञ्ज्याङ ४४ किलोमिटरसम्म मात्र यातायात सेवा सञ्चालनमा रहेको थियो । 
दुबै सदरमुकामबाट दैनिक बिहान ७ः१५ बजे बस छुट्ने संघले जनाएको छ । खोटाङ–भोजपुर सिधा यातायात सेवा सुरु भएपछि भोजपुरबाट दिक्तेल हुँदै काठ्माण्डौं आवतजावत गर्न सहज बाटो खुलेको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post