sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » विद्यालय भवन गुणस्तरहिन : क्रान्तिकारी

मंसिर १ । नेकपा माओवादी केन्द्र निकट अनेरास्वबियु क्रान्तीकारी खोटाङले जिल्लामा निर्माणाधिन विद्यालय भवनको गुणस्तरका बिषयमा प्रश्न उठाएको छ । ठूला लागतका अधिकांश ठूला शैक्षिक भवन निर्माणमा ढिलाइ भइरहेको र कम गुणस्तरको बनिरहेको भन्दै अखिल क्रान्तीकारीले बिरोध जनाएको हो । 

शिक्षाबाट वितरित भौतिक पुर्वाधारको निर्माणमा भइरहेको ढिलाई र गुणस्तरहिन संरचना निर्माणले शिक्षा क्षेत्रको बदनाम भएकाले तत्काल अनुगमन गरी फरफारक गराउन माग गर्दै अखिल क्रान्तीकारीले बुधबार जिल्ला शिक्षा कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । 

अखिल क्रान्तीकारीका ईन्चार्ज खगेन्द्र राई र संयोजक मिलन चाहारले हस्ताक्षर गरेको ज्ञापनपत्रमा ऐनले निर्देश गरे अनुशार निशुल्क शिक्षाको व्यवस्था गर्न, समयमै विद्यार्थीलाई पाठ्यापुस्तक उपलव्ध गराउन, छात्रबृत्तिका बिषयमा अनुगमन गर्न, विद्यालय नजाने, नपढाउने शिक्षकलाई कानूनी कारबाही गर्न लगायतका १४ बुँदे माग गरिएका छन् । यस्तै, सामुदायीक बिद्यालयमा पढाउने शिक्षकका बालबच्चालाई पनि सामुदायीक बिद्यालयमै पढाउने व्यवस्था मिलाउन, शिक्षाबाट वितरित कम्प्यूटरलाई पारदर्शी बनाएर सञ्चालनमा ल्याउन जिल्ला शिक्षा कार्यालयको ध्यानाकर्षण गराइएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post