sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » दुधकोसीको अस्थायी बेलिब्रिज राख्ने काम सुरु

खोटाङ २२ कात्तिक
पाँच महिना अघि हटाइएको खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने दुधकोसीको अस्थायी बेलिब्रिज पुनः राख्ने काम सुरु गरिएको छ । 

वर्षा लागेसँगै गत जेठ दोस्रो साता हटाइएको जयरामघाटस्थित दुधकोसीको बेलिब्रिज राख्ने काम आईतबारबाट सुरु गरिएको हो । ठेक्का लागेको ६ वर्ष बित्दा समेत पुल निर्माण हुन नसकेको दुधकोसीमा हरेक हिउँद याममा बेलिब्रिज राख्ने र वर्षा याममा झिक्ने गरिएको छ । नदीमा पानीको सतह घटेसँगै ठेकेदार कम्पनी दोभान निर्माण सेवा प्रालिले बेलिब्रिजका पाटपुर्जा तथा उपकरण जडानका काम सुरु गरेको हो । 

गत जेठ १६ गते हटाइएको बेलिब्रिज आगामी मंसिर दोश्रो साताभित्र सञ्चालनमा आउने दोभान निर्माण सेवाका अध्यक्ष अर्जुनकुमार खड्काले बताए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post