sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » घर आगलागी हुँदा छ लाख बढीको क्षति

खोटाङ, मङ्सिर १५ । भान्छा कोठाबाट सल्किएको आगोले खोटाङमा एक घर जलेर नष्ट हुँदा छ लाख बढीको क्षति भएको छ । दिक्तेल नगरपालिका–६ सोल्माका धौलराज राईको घरमा बुधबार दिउँसो भएको आगलागीबाट छ लाख बढीको क्षति भएको हो । 

दिउसोको खाजाका लागि केटाकेटीले भान्छा कोठाको चुल्हामा बालेको आगो सल्कँदै गएर राईको पुरै घर जलेर नष्ट भएको प्रत्यक्षदर्शीले बताएका छन् । आगलागीबाट जस्तापाताको छाना भएको तीनतले घर, अन्नपात, लत्ताकपडा, काठपात लगायत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नविनकिशोर प्रधानले बताउनुभयो । 

दिउसोको करिब तीन बजेतिर भएको आगलागी स्थानीयवासी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले भर्खरै मात्र नियन्त्रणमा लिएको छ । नगरपालिका भित्रै आगलागी भएको भएपनि नगरपालिको दमकल घटनास्थल पुग्न नसक्दा ठूलो क्षति भएको प्रत्यक्षदर्शीले बताएका छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post