sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » कार्यालय समयमा बिद्यालय नछाड्न शिक्षकलाई शिक्षाको पत्राचार

खोटाङ, कार्तिक २५ । जिल्ला शिक्षा कार्यालय खोटाङले कार्यालय समय अगावै विद्यालय छाड्ने सदरमुकाम दिक्तेलस्थित सरस्वती माबिका शिक्षकलाई सचेत गराएको छ । निरिक्षणकाक्रममा आफ्नो कक्षा सकेपछि अधिकांश शिक्षक बिद्यालय छाडेर हिँड्ने गरेको पाइएकाले शिक्षा कार्यालयले सरस्वती माबिका शिक्षकलाई कार्यालय समयमा बिद्यालय नछाड्न सचेत गराएको हो । 

बिद्यालय निरिक्षण गरेको भोलीपल्टै बिहिबार पत्राचार गर्दै शिक्षा कार्यालयले आफ्नो घण्टी सके पनि बिहान १० बजेदेखि ४ बजेसम्म विद्यालयमै रहेर काम गर्न सचेत गराइएको जनाएको छ । विद्यालय निरिक्षणकाक्रममा सरस्वती माबिका प्राबि तहका शिक्षकले दिउँसोको तीन नबज्दै बिद्यालय छाड्ने गरेको पाइएको शिक्षाले जनाएको छ । पत्र पठाएकै मितिबाट आफ्नो कक्षा सक्ने बित्तिकै बिद्यालय छाड्ने प्रबृत्ति रोक्न र खाली घण्टीको समयमा अन्य कक्षा शिक्षणकालागि योजना निर्माण गर्न, गृहकार्य परिक्षण तथा शैक्षिक सामग्री निर्माणमा समय सदुपयोग गर्न शिक्षकलाई सुझाव दिइएको जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले बताउनुभयो । 

यस्तै, जिल्ला शिक्षा कार्यालयले युवा वर्ष प्राबिलाई महिना दिनभित्र बिद्यार्थीको संख्या बढाउन सचेत गराएको छ । बिहिबार गरिएको बिद्यालय निरिक्षणकाक्रममा ४ शिक्षक र ८ बिद्यार्थी मात्र भेटिएकाले कार्यालय फर्किए लगत्तै विद्यार्थीको संख्या बढाउन युवा वर्षलाई सचेत गराइएको जिशिअ नेपालले बताउनुभयो । यस्तै, शिक्षाले दिक्तेलस्थित आदर्श शिक्षा सदन इंलिस बोर्डिङ स्कुललाई पनि महिना दिनभित्र भौतिक अवस्थामा सुधार गर्न सचेत गराएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post