sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » रेफ्री तथा खेलाडी कालो पट्टी बाँधेर मैदानमा

खोटाङ, कार्तिक २५ । खोटाङका दुई फुटबल खेलाडीको निधन भएको शोकमा एकेडेमीले प्रतियोगीताका रेफ्री तथा खेलाडीलाई हातमा कालो पट्टी बाँधेर मैदानमा उतारेको छ । फुटबलका क्षेत्रीय खेलाडी तथा राष्ट्रिय रेफ्रीको मान्यता प्राप्त दिपेश जोशी र फुटबलकै क्षेत्रीय खेलाडी प्रकाश थापाको निधन भएको शोकमा एकेडेमीले खेलाडी तथा रेफ्रीलाई कालोपट्टी सहित मैदानमा उतारेको जनाएको छ । 

‘कालो पट्टी बिरोध स्वरुप लगाउने गरिए पनि खेलाडी गुमाएको शोकमा लगाइएको’ बताइएपछि आयोजकको आग्रह अनुशार खेलाडी र रेफ्री कालो पट्टी बाँधेर मैदानमा छिरेका थिए । दिक्तेल निवासी जोशीको कार्तिक २० गते र थापाको फिलीपिन्समा कार्तिक २३ गते निधन भएको थियो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post