sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » अनिश्चितकालिन बन्द फिर्ता लिन आग्रह

खोटाङ, मंसिर २ । स्थानीय तहको खाकाका बिषयमा असन्तुष्टी जनाउँदै अनिश्चितकालिन बन्दमा उत्रिएका खोटाङको लामीडाँडा, खार्पा, कुभिण्डे, हौंचुर, डुम्रेधारापानी र दुबेकोल गाबिसका बन्दकर्तालाई बन्द फिर्ता लिन आव्हान गरिएको छ । आफुले प्रस्ताव गरेको खाकालाई बेवास्ता गर्दै स्थानीय तहको खाका पठाइएको बिरोधमा मंगलबारदेखि अनिश्चितकालिन बन्दमा उत्रिएका स्थानीयलाई स्थानीय तह पुःर्नसंरचना प्राबिधिक सहयोग समितिले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बन्द फिर्ता लिन आग्रह गरेको हो । 

समितिका संयोजक एबं स्थानीय बिकास अधिकारी निश्चलराज पाण्डेले बिहिबार प्रेस बिज्ञाप्तीमार्फत बन्द फिर्ता लिएर वार्ताका माध्यमबाट समस्या समाधानकालागि आउन आग्रह गर्नुभएको छ । लामीडाँडा, खार्पा, कुभिण्डे, हौंचुर, डुम्रेधारापानी र दुबेकोल गाबिसलाई समेटेर रावा गाउँपालिका बनाउन राखिएको मागलाई बेवास्ता गरिएको भन्दै अनिश्चितकालिन बन्द आव्हान गरिएको संघर्ष समितिका संयोजक फटिककुमार श्रेष्ठले बताउनुभयो । आफुले प्रस्ताव गरेको खाकालाई बेवास्ता गर्दै स्थानीय तहको खाका पठाइएको बिरोधमा संघर्ष समितिले अनिश्चितकालिन बन्द आव्हान गरेको हो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post