sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » » पुनः संगितमा यसरी फर्किदैछिन् राधा

काठमाडौं २४ कात्तिक
बिबिसी नेपाली सेवाको संगीत प्रतियोगितमा प्रथम भएकी र संगीतमै डिग्री हासिल गरेकी खोटाङ च्यानडाँडा १ सेखुवामा जन्मिएकी राधा राई आफ्नो दोस्रो एल्बम लिएर पुनः संगीत क्षेत्रमा आगमनको तयारीमा जुटिरहेकी छिन् ।
राधा राई
सुमधुर स्वरकी धनी राधा दशककै हाराहारीमा यो क्षेत्रमा गुमनाम जस्तै बन्न पुगिन् । तर, उनी यो क्षेत्रलाई चटक्कै माया नमारेको बताउँछिन् । 'मेरो यो क्षेत्रमा केही समय ग्याप त भएकै हो, सिँधै संगीतमा नदेखिए पनि, यो बिचमा मैले संगीतमै ललितकला क्याक्पसबाट डिग्री गरें' उनले भनिन्- 'धेरै कुरा सिके र निक्कै मिहेनतका साथ एल्बम लिएर आउने तयारीमा जुटिरहेको छु ।'

एल्बमको नाम भने उनले अहिलेसम्म जुराईसकेकी छैनन् । तर एल्बममा ४ वटा गीत रहने र ती लोक र आधुनिक गीत रहने उनी बताउँछिन् ।
आफ्नो विद्यालय अध्ययन खोटाङमै पूरा गरेकी राधाले २०५८ सालमा उधो सुनकोसी नामक लोक दोहोरी तथा आधुनिक एल्बम साइत बजारमा ल्याएर संगीत यात्रामा पाइला चालेकी थिइन् । खोपी राखुला नि लै लै तिम्रो नाम दर्शने ढुंगामा, मारी दिए मायाले र ए नयाँ माान्छे निक्कै चर्चित गीतमा उनले आवाज भरेकी छिन् ।
बिबिसी नेपाली सेवाले देशव्यापी रुपमा संगीत प्रतियोगितामा २०६४ सालमा राधा प्रथम बनेकी थिइन् । यस्तै, २०६४ सालमै इमेज अवार्डको बेष्ट फिमेल भोक अवार्डको उपाधी हासिल गर्न समेत उनी सफल बनेकी थिइन् । यसैगरी, २०६६ सालको भजन गीत प्रतियोगतामा उनले तेस्रो स्थानको पुरस्कार हात पारेक थिइन् ।
त्यसो त २०६५ सालमा खोटाङ सेवा समाजबाट उनी सम्मानित समेत बनेकी  थिइन् ।
राधाले सुरुमा संगीतमा लाग्दा खासै धेरै नबुझे पनि अहिलेसम्म आउँदा धेरै बुझेको र निक्कै मिहेनत गरेर एल्बम ल्याउने ध्याउन्नमा आफू लागिरहेको बताएकी छिन् ।
पहिलो एल्बमबाट सफलता, खुसी र अभिप्रेरणा पाएको भन्दै उनले चाँडै ल्याउन लागेको आफ्नो दोस्रो एल्बम पनि सफल हुने विश्वास लिएकी छिन् । 'निक्कै मेहनत गरिरहेको छु', राधाले हाम्रोखोटाङ डटकमसँग भनिन्, 'मलाई विश्वास पनि के लागेको छ भने, यो एल्बममा पनि सबैको उत्तिनै माया ममता र साथ सहयोग मिल्नेछ ।'

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post