sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » बिद्यार्थीको गलत तथ्यांक देखाउने प्रअको जागीर चट

खोटाङ, मंसिर १५ । बिद्यार्थीको गलत तथ्यांक देखाएर अनियमितता गरेको भन्दै जिल्ला शिक्षा कार्यालय खोटाङले पेलुङ प्राबि निर्मलीडाँडाका प्रअ कृष्णबहादुर केसीलाई जागीरबाट हटाएको छ । बिद्यार्थी संख्या बढि देखाएर छात्रबृत्ति, पाठ्यापुस्तक, मसलन्द लगायतका शिर्षकको रकम दुरुपयोग गरेको भन्दै शिक्षाले प्राथमिक शिक्षक द्धितीय पदमा कार्यरत केसीलाई जागीरबाट हटाएको हो । गत आईतबार गरिएको स्थलगत निरीक्षण तथा अनुगमनकाक्रममा विद्यालयमा १२ जना बिद्यार्थी भए पनि ४३ बिद्यार्थी अध्ययनरत देखाएको पाइएको जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले बताउनुभयो । 

२८ वर्षदेखि शिक्षण पेशामा संलग्न केसीले बिद्यार्थी संख्या बढाएको केसमा राजीनामा दिएको भएपनि स्वास्थ्यका कारण राजीनामा दिएको र स्वीकृत गरिएको बताइएको छ । शिक्षा नियमावली २०५९ (संशोधन सहित)को नियम १३० बमोजिम शिक्षा कार्यालयले केसीको राजीनामा स्वीकृत गरेको जनाएको छ । शिक्षाका अनुशार पेलुङ प्राबिमा कक्षा १ मा ५ जना, कक्षा २ मा ५ जना र कक्षा ३ मा २ जना मात्र वास्तबिक बिद्यार्थी अध्ययनरत रहेको पाइएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post