sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » पदक जित्ने खेलाडीलाई संघले पुरस्कार दिने

खोटाङ, ९ पुस । नेपाल सितोरियो कराते संघ खोटाङले सातौं राष्ट्रिय खेलकुद प्रतियोगीतामा विजयी हुने खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।
संघले आगामी पुस ८ गतेदेखि १५ गतेसम्म पुर्वाञ्चलमा सञ्चालन हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगीतामा मेडल जित्ने सितोरियो करातेका खेलाडीलाई पुरस्कार दिने निर्णय गरेको हो । खेलाडीको मनोबल बृद्धि गर्दै व्यवसायीक खेलमा हौसला प्रदान गर्नकालागि राष्ट्रिय प्रतियोगीतामा स्वर्ण पदक जित्ने जिल्लाका सितोरियो कराते खेलाडीलाई नगद १५ हजार, रजत पदक जित्ने खेलाडीलाई १० हजार र कास्या पदक जित्ने खेलाडीलाई ७ हजारका साथमा प्रमाणपत्र प्रदान गरिने सितोरियो कराते संघका अध्यक्ष सञ्जयकुमार राईले बताए ।
यस्तै, सितोरियो करातेका अन्र्तराष्ट्रिय निर्णायक तथा सगरमाथा अञ्चल संयोजक बिचारी तामाङले पनि राष्ट्रिय प्रतियोगीतामा मेडल जित्ने खेलाडीलाई व्यक्तीगतरुप पुरस्कार दिने घोषणा गरेका छन् । तामाङले स्वर्ण पदक जित्ने खेलाडीलाई १० हजार, रजत बिजेतालाई ७ हजार र कास्या पदक बिजेतालाई ४ हजार नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेका हुन् । तामाङले यस अघि पनि सितोरियो खेलाडीको हौसलाकालागि पदक बिजेता खेलाडीलाई नगद पुरस्कार प्रदान गर्दैआएका थिए ।
सितोरियो करातेका संस्थापक थानेश्वर राईको गृहजिल्लाका सितोरियो खेलाडीले गत मंसिर २७ र २८ गते बिराटनगरमा सम्पन्न सातौँ राष्ट्रिय खेलकुद प्रतियोगीताको क्षेत्रीय प्रतियोगीतामा चार स्वर्णसहित १५ पदक जितेको थियो । २०६८ सालमा भएको छैठौँ राष्ट्रिय खेलकुद प्रतियोगीतामा तीन स्वर्णसहित पुर्वाञ्चल दोश्रो भएको खोटाङले यस पल्ट पनि सोही स्थान प्राप्त गरेको हो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post