sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » च्यास्मीटार माविको व्यवस्थापन समिति गठन

खोटाङ, २७ मंसिर । खोटाङको च्यास्मीटारस्थित च्यास्मीटार माबिको व्यवस्थापन समिति गठन गरिएको छ । 
व्यवस्थापन समितिको मंसिर १६ गते भएको निर्वाचनबाट चार सदस्य छानेपछि रिपिन्द्र राईको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन गरिएको हो । अमृता राई, गीता राई, धनकुमार राई निर्वाचित सदस्य रहेको व्यवस्थापन समितिमा ढुण्डीराज राई, रामकुमारी राई र रुपेन्द्र राई सदस्यमा मनोनित भएका छन् । प्रअ दानकुमार राई सदस्य सचिव तथा बिनोद मेहता शिक्षक प्रतिनिधि छानिएका छन् । 

यस्तै, लक्ष्मण राईको अध्यक्षतामा शिक्षक अभिभाबक संघ गठन गरिएको छ । रामकुमार राई, घडीमायाँ राउत, तिर्थबहादुर अधिकारी, सम्शेर राई, मनकुमार राई, बिरासधन राई, कुबेर राई, मौसम राई सदस्य र शिक्षक प्रतिनिधिमा उदय ओझा छानिएका छन् । व्यवस्थापन समितिको नयाँ नेतृत्वकालागि दुई पुरुष र दुई महिला चुन्नकालागि भएको निर्वाचनमा कांग्रेस प्यानल बिजयी भएको थियो । माओबादी केन्द्रको समर्थनमा कांग्रेस टिमले एमालेका उम्मेदवारलाईलाई पराजित गरेका थिए । 

सर्वसहमतीकालागि गरिएको प्रयास असफल भएपछि कांग्रेस, एमाले, माओबादी केन्द्र र खम्बूवानको टिम स्थानीय निकायको चुनावको झल्को दिनेगरी चुनावी मैदानमा उत्रिएका थिए । विद्यालयको भौतिक र शैक्षिक गुणस्तर बृद्धि गर्नुभन्दा पार्टीको प्रभाव र स्वार्थलाई स्थापित गर्नमा उनीहरु लडेका थिए । २०६३ साल र २०६७ सालमा निर्वाचनको माध्यमबाट व्यवस्थापन समिति गठन गर्दा बिद्यालयको शैक्षिक तथा भौतिक अवस्था जरजर बनेको भन्दै आलोचना भइरहँदा तेश्रो पल्ट पनि निर्वाचन भएको थियो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post