sponsor

समाचार

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » पुल नहुँदा ३६ करोडको सडक उपयोग बिहिन

खोटाङ, पुस २ । पुल नहुँदा खोटाङको दिक्तेल–खोटाङबजार हरित सडक उपयोग बिहिन बनेको छ । साप्सु र तावा खोलामा पुल नहुँदा निर्माण गरिएको चार वर्ष बित्दा समेत ७४ किलोमिटर लामो दिक्तेल–खोटाङबजार सडक उपयोगमा आउन नसकेको हो । बेलायती सरकारको सहयोगमा ग्रामीण पहँुच कार्यक्रम (¥याप) ले ११ वर्ष लगाएर २०६९ साल असारमा निर्माण पूरा गरेको सडक हालसम्म उपयोग बिहिन बनेको छ । ¥यापले ३६ करोड ३२ लाख ९९ हजार ३९१ रुपैयाँको लागतमा वाताबरणमैत्री प्रबिधि अपनाएर सडक निर्माण गरे पनि बाटोमा पार गर्नुपर्ने दुई वटा खोलामा पुल नबनाउँदा सडक हालसम्म बेकम्मा बनेको हो । 

सदरमुकाम दिक्तेल र दक्षिणी क्षेत्रका गाबिसलाई जोड्नकालागि निर्माण गरिएको एक मात्र सडक हाल उत्तिकै खर्च गरे मात्र सञ्चालन गर्न सकिने अवस्थामा पुगेको जिल्ला प्राबिधिक कार्यालय खोटाङका डिई राजु श्रेष्ठले बताउनुभयो । 

कुटो, कोदालो, ह्याम्मर, सावेल, गैंती लगायतका घरेलु उपकरण प्रयोग गरेर सन् २००२ देखि सडक निर्माणका काम थालेको ¥याप फिर्ता गएको लामो समय बित्दा समेत सडक उपयोगमा आउन सकेको छैन । सडकलाई सञ्चालनमा ल्याउनकालागि साप्सु खोलामा मंसिर २२ गतेदेखि मोटरेबल पुल निर्माणको काम सुरु गरिए पनि तावा खोलामा पुल निर्माणको सुरसार नै हुन सकेको छैन । तावा खोलामा दुई वर्षअघि २५ मिटरको पक्की पुल निर्माणकालागि डिजाईन गरिएको भए पनि काम सुरु नहुँदै आएको बाढीले खोलाको चौंडाई बढाएपछि पुल निर्माणको काम रद्ध भएको थियो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post