sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » अर्गानिक कृषि प्रणालीमा जोड दिँदै धर्मराज

खोटाङ, १० पुस । टनेलभरी लटरम्म गोलभेडा, वरिपरी विभिन्न प्रजातिका फलफूल तथा तरकारी, मान्छेको ध्यानै केन्द्रित गर्नेगरि जडान गरिएका विभिन्न प्रकारका कृषि प्रविधि । खोटाङको दिक्तेल नगरपालिका–१ का धर्मराज राईले सञ्चालन गर्नुभएको झिसेपु अर्गानिक कृषि फार्ममा यी सबै कुरा देख्न पाइन्छ । राईले कृषि उपजलाई अर्गानिक बनाउन चार वर्ष अघिदेखि अर्गानिक प्रविधि अपनाउनुभएको हो । 

राईले सञ्चालन गर्नुभएको कृषि फार्ममा गोलभेडा, किबी, स्टाबेरी, अलैंची, अदुवा, बेसार लगायत विभिन्न प्रजातिका फलफूल तथा सागसब्जी उत्पादन हुने छन् । यी सबैमा राईले अर्गानिक प्रविधि अपनाउनुभएको छ । 
फार्ममा लगाइएका फलफूल तथा तरकारी खेतीमा राईले पशुमुत्र तथा मान्छेको पिसाब जम्मा गरेर रासायनिक मलको विकल्पमा प्रयोग गर्दै आउनुभएको छ । राईले अर्गानिक तरिकाले उत्पादन गर्नुभएको फलफल तथा तरकारी जिल्लाका उपभोक्ताले फार्ममै गएर खरिद गर्ने गरेका छन् । 
फार्मबाट पछिल्लो समय वार्षिक अठार लाखभन्दा बढी आम्दानी हुने गरेको फार्मका प्रबन्ध निर्देशक समेत रहनुभएका राईले बताउनुभयो । “पछिल्लो समय अर्गानिक कृषि उपज हाटबजारमा पाइन्न ।” उहाँले भन्नुभयो, “स्वास्थ्य सम्बन्धी ज्ञान भएका उपभोक्ताले मेरो फार्ममै आएर खरिद गर्ने गरेका छन् ।” 
फार्ममा उत्पादित अर्गानिक कृषि उपज अरुहरुले दिने मुल्यमा नै आफूले पनि बिक्री गर्ने गरेको राईले बताउनुभयो । फार्मबाट आएको आम्दानीले घर खर्च धान्नुका साथै बैंकमा बचत समेत गरिएको राईको भनाइ छ । 
अर्गानिक कृषि उपज उत्पादन अभियानमा लाग्नुभएका राईले जिल्लाका अन्य कृषकलाई समेत तालिम दिँदै आउनुभएको छ । फार्म सञ्चालनका लागि राईलाई श्रीमती र छोराछोरीले साथ दिने गरेका छन् । 
पछिल्लो समय जिल्लाका अधिकांश कृषकले थोरै समयमा नै धेरै आम्दानी गर्ने उद्देश्यका साथ रासायनिक मल प्रयोग गरेर फलफूल तथा तरकारी उत्पादन गर्ने गरेका छन् । रासायनिक मल प्रयोग गरेर उत्पादन गरिएका कृषि उपज उपभोग गर्नु मानव स्वास्थ्यका लागि सबै भन्दा हानीकारक हुने स्वास्थ्यकर्मीले बताएका छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post