sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » एकानब्बे वटा मानव अधिकार उलङ्घनका उजुरी

खोटाङ, २५ मङ्सिर । राष्ट्रिय मानव अधिकार आयोगको उपक्षेत्रीय कार्यालय खोटाङमा मानव अधिकार उलङ्घनका एकानब्बेवटा उजुरी परेको छ । उपक्षेत्रीय कार्यालय रहेको जिल्ला खोटाङको ५५ तथा कार्यालयको क्षेत्रभित्र पर्ने सोलुखुम्बुको १३, ओखलढुङ्गाको १२ र भोजपुरको ११ गरी जम्मा एकानब्बेवटा उजुरी परेको हो ।
आयोगमा परेको उजुरीमध्ये १४ प्रतिशत पूर्णरुपमा कार्यान्वयन भएको र बाँकी ४८ प्रतिशत आंशिक तथा ३८ प्रतिशत विचाराधिन अवस्थामा रहेको कार्यालयका प्रमुख दीपक घिमिरेले बताउनुभयो । आयोगमा पर्ने उजुरीमध्ये सबैभन्दा बढी घरेलु हिंसाका घटना रहेको घिमिरेले जानकारी दिनुभयो ।

आयोगले सिफारिस गरेका उजुरी सरकारी निकायले कार्यान्वयनमा आलटाल गर्ने गरेको पीडितले बताएका छन् । ६८ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा सहभागी पीडितले यस्तो बताएका हुन् ।

आयोगबाट सरकार समक्ष सिफारिस भएका मुद्दाहरु सरकारी पक्षले कार्यान्वयन गरेमा मानव अधिकार उलङ्घनका घटना स्वतः घट्ने कार्यक्रममा सहभागी वक्ताहरुले बताएका छन् । उनीहरुले मानव अधिकारको चेतना अभिवृद्धि गर्न नागरिक समाजसँग समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post