sponsor

वैदेशिक समाचार

मल्टिमिडिया

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

ग्यालरी

» » काम पूरा नगर्ने विद्यालयलाई शिक्षाको ताकेता

खोटाङ, २७ मङ्सिर । योजना सम्झौता गरेर पेश्ची लिएपछि भवन नबनाउने दश विद्यालयलाई जिल्ला शिक्षा कार्यालयले ताकेताको पत्र पठाएको छ । वर्ष दिनअघि सम्झौता गरेर अझै भवन नबनाउने विद्यालयलाई शिक्षाले पत्र लेखेर ताकेता गरेको हो । 

शिक्षा कार्यालयबाट वितरण गरिएका ५५ लाख बराबरको आठकोठे भवनको सम्झौता गरेर आधा पेश्ची लिने सप्तकन्यन मावि चिप्रिङ, कालिका मावि बाकाचोल, ४८ लाख बराबरको छ कोठे भवनको सम्झौता गरेर आधा पेश्की लिने श्रीमावि बास्बोटे लफ्याङ र दुर्छिम मावि दुर्छिलाई पत्रमार्फत ताकेता गरिएको जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले जानकारी दिनुभयो ।

जिशिअ नेपालका अनुसार ३२ लाख बराबरको चार कोठे भवनका लागि सम्झौता गरेर आधा पेश्की लिने दाम्ली मावि डिकुवा, राष्ट्रिय मावि बास्पानी, लालबौद्ध प्रावि ऐसेलुखर्क, माक्पा मावि माक्पा, सान्तोद्धय मावि ज्यामिरे र कालिका मावि नेर्पाले अझै भवन बनाएका छैनन् । गत वर्षको फागुनमा सम्झौता गरेर आधा पेश्कीसमेत लिएकाले हप्ता दिनभित्र भवन निर्माणको काम नथालेमा सम्झौता भङ्ग गर्ने चेतावनीस्वरुप पत्र लेखिएको जिशिअ नेपालले जानकारी दिनुभयो ।

कार्यालयबाट लेखिएको पत्रलाई बेवास्ता गरेमा उक्त विद्यालयको सम्झौता भङ्ग गरेर अर्को विद्यालयसँग पुनः सम्झौता गरिने जिशिअ नेपालको भनाइ छ । “सम्झौता गरेर काम नगर्ने विद्यालयलाई पत्रमार्फत ताकेता गरिएको छ ।” उहाँले भन्नुभयो, “नैतिकताको पाठ सिकाउने विद्यालयले अनियमितताको शिक्षा दिनुहुन्न ।”

पछिल्लो समय जिशिअ नेपालले जिल्लाको शैक्षिक सुधारका लागि अभियान नै थाल्नुभएको छ । अभियानका क्रममा दर्जन बढी शिक्षक जिशिअको कारबाहीमा परीसकेका छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post