sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » संघीय समाजवादी विद्यार्थी फोरमको अध्यक्षमा मगर

खोटाङ, ९ पुस । संघीय समाजवादी विद्यार्थी फोरम नेपाल खोटाङको अध्यक्षमा एलबी मगर चयन हुनुभएको छ । शुक्रबार सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट मगर अध्यक्षमा निर्विरोध चयन हुनुभएको हो ।
तेत्तीस सदस्यीय जिल्ला कार्य समितिको उपाध्यक्षमा सँगीता राई (आस्ना) र रविन्द्र राई चयन हुनुभएको छ । समितिको सचिवमा अनिशा राई, सहसचिवमा हेमकुमार खड्का र कोषाध्यक्षमा कविता विश्वकर्मा चयन हुनुभएको छ ।
समितिको सल्लाहकार सदस्य र केन्द्रीय प्रतिनिधि अब बस्ने पहिलो बैठकले छनौट गर्ने अध्यक्ष मगरले बताउनुभयो । अधिवेशन संघीय समाजवादी फोरम नेपालका विद्यार्थी ईन्चार्ज तथा विदेश विभाग प्रमुख अर्जुन थापाको प्रमुख आतिथ्यमा शुक्रबार उद्घाटन गरिएको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post