sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » नगरपालिका भित्रै लाग्दैन मोबाईलमा फोन

खोटाङ, १० पुस । दिक्तेल नगरपालिकाको माथिल्लो क्षेत्रमा मोबाईल सेवा सञ्चालन नहुँदा स्थानीय सेवाग्राही मारमा परेका छन् । दिक्तेलस्थित भानुचौकमा रहेको नेपाल टेलिकमको टावरले पुरानो बेसक्याम्प भन्दामाथि काम गरेको छैन ।
जिल्लामा सञ्चालित नमस्ते, स्काई, एनसेल लगायत सबै प्रकारका मोबाईल सेवा नभएपछि सेवाग्राही टेलिकमप्रति अक्रोशित भएका छन् । उनीहरु महत्वपूर्ण फोन गर्नका लागि टावर टिप्ने ठाउँ हेरेर साँझबिहान जानेका गरेका छन् ।
टेलिकमले सबै क्षेत्रलाई समेट्नेगरी टावर नराखेकाले नगरपालिका भित्रकै माथिल्लो क्षेत्रमा मोबाईल सेवा नभएको संगमपार्ककी जुनकला राईले बताउनुभयो । “कतिपय समयमा फोनमार्फत महत्वपूर्ण काम गर्नुपर्ने हुन्छ ।” टेलिकमप्रति आक्रोश पोख्दै उहाँले भन्नुभयो, “मोबाईलमा देखिएको समस्याका बारेमा टेलिकमलाई पटकपटक जानकारी गरायौं तर, अहिलेसम्म समस्या समाधान भएको छैन ।”
सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै रत्नपार्क र पुरानो बेसक्याम्प क्षेत्रमा दुई वटा मोबाईल टावर राख्ने तयारी गरिएको टेलिकम खोटाङका प्रमुख भरोसी साहले बताउनुभयो । “दुवै ठाउँका लागि सर्वेक्षणको काम सकेर उपकरण ल्याउने पहल भइरहेको छ ।” उहाँले भन्नुभयो, “क्षेत्रीय कार्यालयबाट उपकरण आउनासाथ दुवै ठाउँमा टावर जडान गरेपछि सबै समस्या समाधान हुन्छ ।”
पछिल्लो समय जिल्लाका अन्य ठाउँमा समेत मोबाईलले राम्रो काम गरिरहेको छैन । टेलिफोनमा देखिएको समस्याका बारेमा क्षेत्रीय कार्यालयलाई पटकपटक जानकारी गराउँदा समेत चासो नदिएको खोटाका प्रमुख साहको भनाइ छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post