sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » १९ वर्षमुनीको पुरुष फुटबल प्रतियोगिता सुरु

खोटाङ, ११ पुस । दिक्तेलमा १९ वर्षमुनीको खुला पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । युनिक फुटबल क्लव खोटाङको आयोजनामा सोमबारदेखि १९ वर्षमुनीको खुला पुरुष फुटबल प्रतियोगिता सुरु भएको हो । 

दिक्तेलस्थित माटीकारे खेलमैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक विजयी भएको छ । उद्घाटन कार्यक्रमका अतिथि र आयोजकबीच भएको मैत्रीपूर्ण खेलमा अतिथि टोलीलाई ३–० ले पछि पार्दै आयोजक विजयी भएको हो ।

प्रतियोगितामा जिल्लाका २१ टोलीले भाग लिएका छन् । प्रतियोगितामा प्रथम, द्धतीय र तृतीय हुने टोलीले क्रमशः नगद २० हजार १००, १० हजार १०० र ५ हजार १०० को साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक युनिक फुटबल क्लवका अध्यक्ष उत्सव सुनुवारले जानकारी दिनुभयो । 

प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक, अनुशासित र सर्बाधिक गोलकर्तालाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रत्येक प्रतियोगितामा उत्कृष्ट खेल खेल्ने खेलाडीलाई समेत सम्मान गरिने जनाइएको छ ।  

प्रतियोगिता कार्यक्रमका प्रमुख अतिथि दिक्तेल नगरपालिकाका कार्यकारी अधिकृत अनिल किरातीले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि किरातीले खेल क्षेत्रको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post