sponsor

वैदेशिक समाचार

मल्टिमिडिया

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

ग्यालरी

» » अस्पतालको एम्बुलेन्स ग्यारेजमा थन्कियो, बिरामीलाई सास्ती

खोटाङ, १८ मङ्सिर । भारत सरकारले जिल्ला अस्पताल खोटाङलाई उपलब्ध गराएको एम्बुलेन्स सात महिनादेखि अलपत्र अवस्थामा थन्किएको छ । वर्षाद्का कारण सडक अवरुद्ध भएपछि गत जेठ दोस्रो हप्तादेखि दिक्तेलस्थित रत्नपार्कको ग्यारेजमा मर्मतका लागि राखिएको एम्बुलेन्स अहिले अलपत्र अवस्थामा थन्किएको हो । 
तत्कालीन एम्बुलेन्स चालक हरि गिरीले अस्पताल प्रशासनको गाडी चलाउन थालेपछि चालक अभावमा एम्बुलेन्स सञ्चालनमा ल्याउन नसकिएको अस्पताल स्रोतले जनाएको छ । लामो समयदेखि एम्बुलेन्स नचलेपछि पछिल्लो समय जिल्लामा उपचारका लागि अस्पताल ल्याइने बिरामीलाई सास्ती भएको छ । 
एम्बुलेन्स नचलेपछि आफ्नो बिरामीलाई डोको तथा स्ट्रेचरमा बोकेर अस्पताल ल्याउनु परेको बिरामीका आफन्तले बताएका छन् । बिरामीलाई मान्छेको भरमा डोको तथा स्ट्रेचरमा बोकाएर अस्पताल पु¥याउनु पर्दा एम्बुलेन्सकोे भाडा भन्दा खर्च बढी हुने गरेको बिरामीका आफन्तले बताएका छन् । 
जिल्लाका सबै क्षेत्रका बिरामीलाई सहज र तत्काल अस्पताल पु¥याउने उद्देश्यले भारतीय सरकारको सहयोगमा तीन वर्षअघि जिल्लामा एम्बुलेन्स ल्याइएको थियो । भारतीय सरकारको सहयोगमा उपलब्ध गराइएको सो एम्बुलेन्स थन्किएर बसेपछि पछिल्लो समय जिल्लावासी आक्रोशित भएका छन् । 
थन्किएर रहेको एम्बुलेन्स तत्काल सञ्चालनमा ल्याउने तयारीमा आफू रहेको जिल्ला अस्पताल खोटाङका प्रमुख डा. रामबहादुर केसीले बताउनुभयो । “वर्षाद्का कारण अवरुद्ध सडक पनि भर्खरै मात्र सञ्चालनमा आएको छ ।” उहाँले भन्नुभयो, “रुट र भाडादर निर्धारण गरेर तत्काल सञ्चालनमा ल्याउने तयारीमा रहेका छौं ।”

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post