sponsor

समाचार

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » राप्रपा खोटाङको अध्यक्षमा श्रेष्ठ

खोटाङ, पुस २ । राप्रपा खोटाङको अध्यक्षमा जीवन श्रेष्ठ चयन भएका छन् । राप्रपा र राप्रपा नेपाल खोटाङको शनिबार सम्पन्न एकीकरण घोषणासभाले राप्रपा नेपालका जिल्ला अध्यक्ष रहेका श्रेष्ठलाई सर्वसम्मत राप्रपाको अध्यक्ष बनाएको हो । राप्रपाका जिल्ला अध्यक्षको भूमीका निर्वाह गर्दैआएका राईलाई सह–अध्यक्ष बनाइएको छ । यस्तै, सिताराम राईलाई बरिष्ठ नेता तथा दुबै पार्टीका जिल्ला उपाध्यक्ष, सचिव, सह–सचिव, कोषाध्यक्ष र सदस्यलाई एकीकरणपछिको पार्टीको यथावत जिम्मेवारीमा राखिएको राप्रपाका केन्द्रीय सदस्य अर्जुन राईले बताए । एकीकरणपछि दुबै पार्टीका २७÷२७ सदस्यीय जिल्ला कमिटि मिलेर ५४ सदस्यीय बनेको छ । 
राप्रपा खोटाङको नवनिर्वाचित अध्यक्ष जीवन श्रेष्ठ र
ललित राई (क्रमशः दायाँ र बायाँ) । 

उदघाटनसत्र समापन लगत्तै भएको बन्दसत्रकै सुरुमा केन्द्रीय सदस्य राईले राप्रपाको नयाँ पदाधिकारीको नामावली सार्वजनिक गरेका थिए । उदघाटनसत्र समापन लगत्तै कार्यक्रमस्थलबाट हिँड्न लागेका पत्रकारलाई राप्रपाका केन्द्रीय नेताहरुले ‘घोषणा मात्र बाँकी रहेकाले कार्यक्रमस्थलमै रहन’ आग्रह गरेका थिए । बन्दसत्रको सुरुमै दुबैपक्षका नेताले उपहार स्वरुप घुंगारुको लट्ठी साटासाट गरेर पार्टीको दिगो एकताको कामना गरेका थिए । छोटो समयमै सकिएको बन्दसत्रमा नयाँ पदाधिकारीलाई फूलमाला सहित बधाई दिन कार्यकर्ता मञ्चमा पुगेका थिए । 

कार्यक्रममा प्रमुख अतिथिकारुपमा केन्द्रीय सदस्य भूपाल किरातीले कारबाहीमा परिने त्रासले ठूला नेताहरुले लोकमानको खेदो खनेको आरोप लगाए । ‘ठूला नेताहरुमा कुनै न कुनैबेला लोकमानबाट कारबाही हुने डर थियो,’ किरातीले भने, ‘त्यही कारण एक भएर उहाँहरु लोकमानको बिरुद्धमा उभिनु भएको हो ।’ 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post