sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » १४ प्रतिशतले सुन्तला उत्पादनमा बृद्धि

खोटाङ, पुस १३ । खोटाङमा १४ प्रतिशतले सुन्तला उत्पादनमा बृद्धि भएको छ । असिनापानी लगायतका दैबीप्रकोपको क्षतीमा कमी, रोग किराको नलाग्नु, क्षेत्रफलमा बृद्धि, बेलामा पानी पर्नु लगायतका कारण गत वर्षको तुलनामा यस वर्ष १४ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ ।
गत वर्ष १ हजार २२५ हेक्टरमा ९ हजार ९८५ मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्लामा यस वर्ष बढेर ११ हजार ३८१ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । अनूकूल मौसम भएकाले यस वर्ष सुन्तला उत्पादनमा बृद्धि भएको कृषि विकास कार्यालयका प्राविधिक सहायक रामभक्त अधिकारीले बताउनुभयो ।
 उत्पादित सुन्तलामध्ये मंसिर अन्तिससम्म ७७ लाख ४० हजार मूल्या बराबरको सुन्तला बिक्री भइसकेको कृषि कार्यालयले जनाएको छ । दिक्तेल, हलेसी, बाक्सिला, रभुवा, खोटाङबजार, चिसापानी लगायतका बजारमा अहिले प्रतिदाना ५ रुपैयाँ तथा प्रतिकेजी ४० देखि ६० रुपैयाँसम्ममा सुन्तला खरिद बिक्री भइरहेको छ । जिल्लामा उत्पादित सुन्तला सबैभन्दा बढि उदयपुरको बेल्टार हुँदै ईटहरी, धरान, बिराटनगर लगायत तराईका बिभिन्न शहरमा पुग्ने गरेको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post