sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » मानव अधिकार उल्लंघनमा महिला हिंसा बढि

खोटाङ, २७ मंसिर । खोटाङमा मानव अधिकार उल्लंघनका घटना दोब्बरभन्दा बढिले बृद्धि भएको पाइएको छ ।
जिल्लामा सन् २०१६ मा १०६ वटा घटना घटेको अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेक खोटाङका प्रतिनिधि सुनिता मगरले जानकारी दिनुभयो । यो सन् २०१५ को भन्दा ६२ ले बढि हो ।

मानव अधिकार वर्ष पुस्तकको पुर्वसमिक्षा कार्यक्रममा मगरले गत २०७२ साल पुलदेखि हालसम्मको अवधिमा सबैभन्दा बढि महिला हिंसा सम्बन्धी घटना घटेको जानकारी दिनुभयो । यस अवधिमा ४ महिला र ६ बालिका बलात्कृत भएको, ५ जना महिला र ३ बालिकामाथि बलात्कार प्रयास भएको छ ।

यस्तै, ३० महिला घरेलु हिंसाबाट पिडित भएको, २४ महिलामाथि दुव्र्यबहार भएको र ७ महिला बहुबिबाहबाट पिडित भएको इन्सेकले जनाएको छ । वर्ष दिनको अवधिमा ९ वटा गैरन्यायीक हत्या, एक शिशु हत्या र एक भ्रुण हत्या भएको पाइएको मगरले जानकारी दिनुभयो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post