sponsor

वैदेशिक समाचार

मल्टिमिडिया

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

ग्यालरी

» » » सिमांकन खाकामा असन्तुष्टी जनाउँदै जिविसमा धर्ना

खोटाङ, १९ मंसिर । प्रस्ताबित स्थानीय तहको खाकाको विषयमा असन्तुष्टी जनाउँदै खोटाङको याम्खा, डाँडागाउँ र टेम्माका स्थानीयले जिबिसको कार्यालय अगाडि धर्ना दिएका छन् । स्थानीय तहको पुःर्नसंरचनाकाक्रममा याम्खा र डाँडागाउँ गाबिसबाट टेम्मा गाबिसलाई अलग पारिएको भन्दै आन्दोलनमा उत्रिएका स्थानीयले आईतबार जिबिसको कार्यालय अगाडि धर्ना दिएका हुन् । 
नाराजुलुस लगाउँदै जिबिसको गेटबाट भित्र छिर्न खोजेका जुलुसलाई प्रहरीले रोकेपछि जुलुसले जिबिस परिक्रमा गरेको थियो । एक आपसमा स्थापित भावनात्मक सम्बन्धलाई खलल पार्नेगरी डाँडागाउँ र याम्खालाई दिप्रुङ गाउँपालिकामा राखेर टेम्मालाई छुटाएर साकेला गाउँपालिकामा समाबेश गरिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
 टेम्मालाई पनि दिप्रुङ गाउँपालिकामा समावेश गर्नुपर्ने उनीहरुको माग छ । जिल्लास्तरका आफ्नै पार्टीका नेताले समेत आफुहरुलाई नसोधी खाकाको टुंगो लगाएर पठाएको भन्दै असन्तुष्ट बनेका स्थानीयको टोली माग पूरा गर्नकालागि दवाव दिन सदरमुकाममै आइपुगेका छन् । 
जिबिस परिक्रमा गरेको नाराजुलुस जिबिसकै अगाडि आएर कोणसभामा परिणत भएको थियो । माग पूरा नभएसम्म असन्तुष्ट टोली गाउँ नफर्कने डाँडागाउँका संघर्ष समितिका सचिव दिपक पौडेलले बताए । ‘गाउँपालिका कस्तो बनाउने भन्ने विषयमा हामीलाई सोध्नु पर्छ, हामीबाट राय लिनुपर्छ,’ पौडेलले भने, ‘एकदुई जना नेता बसेर सिफारिस गरिएको खाका हामीलाई मान्य छैन, माग पूरा नभएसम्म हामी घर फर्कन्नैँ ।’ 
स्थानीय तह पुःर्नसंरचना प्राबिधिक सहयोग समितिको समन्वयमा जिल्लास्थित दलका प्रमुख तथा असन्तुष्टपक्षको प्रतिनिधिबीच वार्ता भइरहँदा जिबिस बाहिर धर्ना र चर्को नारबाजी भइरहेको थियो । वार्ता सोमबार बस्नेगरी स्थगित भएको छ । उनीहरु माग पूरा नभएसम्म गाउँ नफर्कने अडानमा छन् । 
खोटाङको उत्तरी गाबिस खार्मी, पाथेका, बासपानी, खार्ताम्छा र फेदीलाई समेटेर साम्पाङ दुमी गाउँपालिका बनाउन माग गर्दै आन्दोलन सुरु गरेको स्थानीयले खार्ताम्छा गाबिसको गाउँ परिषद रोकेको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post