sponsor

समाचार

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » स्वास्थ्य केन्द्रका लागि स्वास्थ्यमन्त्रीसँग उपकरण माग

खोटाङ २५ मंसिर
खोटाङका स्थानीयले स्वास्थ्यमन्त्री समक्ष प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीका लागि आवश्यक उपकरण माग गरेका छन् । प्राथमिक स्वास्थ्य केन्द्रमा मेडिकल अधिकृत सहित १२ स्वास्थ्यकर्मी कार्यरत रहेपनि आवश्यक उपकरण अभावमा प्रभावकारी सेवा प्रबाह हुन नसकेको भन्दै कांग्रेस नेताको नेतृत्वमा स्वास्थ्य मन्त्रालय गएको जिल्लाबासीले स्वास्थ्यमन्त्री गगन थापा समक्ष उपकरण माग गरेका हुन् । 

खोटाङको दक्षिणी क्षेत्रका १३ भन्दा बढि गाबिस र छिमेकी जिल्ला भोजपुरका केही गाबिसका सर्वसाधारणले सेवा पाउँदै आएको प्राथमिक स्वास्थ्य केन्द्रकालागि स्थानीयले ३ किलोवाट क्षमताको ईन्भटरसहितको बैकल्पिक उर्जा सोलार, ५ थान बिरामी बेड, अक्सिजन कन्सन्ट्रेटर, ईसिजि मेसिन, यूएसजी मेसिन, पल्स अक्सिमिटर, सेमी बायोकेमिस्त्री एनालाइजर, एक्सरे मेसिन, डप्लर मेसिन, क्यामेरासहितको पोष्टमार्ट सेट लगायतका उपकरण माग गरेका हुन् । नेपाली कांग्रेसका महासमिति सदस्य दिनेश राई, पुर्वजिल्ला सचिव महेन्द्र कट्वाल, नेबिसंघका पुर्व केन्द्रीय सदस्य योगेन्द्र राई लगायतको नेतृत्वमा स्वास्थ्य मन्त्रालय पुगेको टोलीले प्राथमिक स्वास्थ्य केन्द्रलाई अपग्रेड गर्न स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराएका छन् । 
प्राथमिक स्वास्थ्य केन्द्रबाट सावा खोलापारीका डम्वर्खुशिवालय, काउले, बोपुङ, देविस्थान, मौवाबोटे, पौवासेरा, फाक्टाङ, सुन्तले, साउनेचौंर, चिसापानी, लिकुवापोखरी, वाप्लुखा, दिप्लुङ लगायतका सर्वसाधारणले स्वास्थ्य सेवा लिँदै आएका छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post