sponsor

समाचार

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » किरात मुक्ती मोर्चाले भन्यो,–‘पहिचानको मुद्धालाई पार्टीले छाडे बिद्रोहमा जान्छौँ’

खोटाङ, १५ पुस । नेकपा माओवादी केन्द्र निकट किराती राष्ट्रिय मुक्ती मोर्चा नेपालले पहिचान सहितको स्वयत्त राज्य स्थापनाको मुद्धालाई मातृ पार्टीले छाडे बिद्रोह गर्ने चेतावनी दिएको छ ।
खोटाङमा शनिबार र आईतबार हुने मोर्चाको चौथो राष्ट्रिय सम्मेलनको पुर्वसन्ध्यमा शुक्रबार बिहान पत्रकार सम्मेलन गरेर मोर्चाले नेकपा माओबादी केन्द्रले पहिचान सहितको स्वयत्त राज्य स्थापनाको मुद्धालाई त्यागे निर्वाचनमा सहभागी नभै बिद्रोहमा जाने चेतावनी दिएको हो । किराती राष्ट्रिय मुक्ती मोर्चाकी संयोजक दुर्गा राईले संबिधान संशोधनमार्फत किरात स्वयत्त राज्यको सुनिश्चिततामा आफ्नो पार्टीले ध्यान नपु¥याए पार्टीसँग ध्रुबीकरण गर्नुपर्ने अवस्था आउने बताईन् । पहिचान सहितको स्वयत्त राज्यलाई संस्थागत गर्नमा मातृ पार्टी माओबादी केन्द्र चुके आगामी स्थानीय निकायको निर्वाचनमा भाग समेत नलिने निर्णय सम्मेलनबाट पारित गरेर आन्दोलनमा जाने संयोजक राईले उल्लेख गरिन् । ‘पहिचान सहितको स्वयत्त राज्य स्थापना र पूरानो संरचनामा गरिने निर्वाचनमा पार्टी चुक्नु हुँदैन,’ संयोजक राईले भनिन्, ‘त्यसो भए हामी निर्वाचनमा जाँदैनौँ, हामी बिद्रोहमा जान बाध्य हुने छौँ, त्यसको कडा प्रतिबाद हुने छ ।’ उनले पूरानो संरचनाको आधारमा गरिने निर्वाचन कुनै हालतमा स्वीकार्य नहुने उल्लेख गरिन् ।
२०४९ सालमा गोपाल खम्बू नेतृत्वमा गठन भएको र २०५४ सालदेखि शसस्त्र संघर्ष गर्दै आएको खम्बूवान राष्ट्रिय मोर्चा र माओबादी सम्बद्ध भक्तराज कन्दङ्वा नेतृत्वको लिम्बूवान मुक्ती मोर्चाबीचमा २०५८ साल असोजमा संखुवासभाको आखिभुईमा एकता भेला गरेर किराती राष्ट्रिय मुक्ती मोर्चा गठन गरिएको ऐतिहासिक पृष्ठभूमी उल्लेख गर्दै संयोजक राईले किरात स्वयत्त राज्यको मुद्धालाई पार्टीले छाडे पार्टीसँगको हालसम्मको सहकार्य समाप्त हुने बताईन् । ‘हाम्रो मोर्चा किरात स्वयत्त राज्य स्थापित गर्न आन्दोलनमा उदाएको दस्ता हो, हाम्रो मुद्धा माओबादीसँग मिल्यो र सहकार्य गर्दै आयौँ,’ संयोजक राईले भनिन्, ‘माओबादीले यो मुद्धा बोकेसम्म हामी सँगै हुन्छौँ, तर मुद्धा छाडे हामी अलग हुन्छौँ, त्यसपछि पार्टीमा रहिरहनुपर्ने औचित्य रहन्न ।’
मोर्चाको चौथो सम्मेलनको तयारी पुरा 
खोटाङ सदरमुकाम दिक्तेलको हेलीप्याडमा हुने किराती राष्ट्रिय मुक्ती मोर्चाको चौथो सम्मेलनको तयारी पुरा भएको छ । खुला सभालाई माओबादी केन्द्रका बरिष्ठ नेता रामबहादुर थापा बादल, १ नम्बर प्रदेश ईन्चार्ज गोपाल किराती, स्थायी समिति सदस्य सुरेश आलेमगर लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको मोर्चाले पत्रकारमा जानकारी दिएको छ । सम्मेलनमा नेपालका २३ जिल्ला सहित हङकङ, सिंगापुर, बेलायत, अमेरिका लगायतका देशबाट ५ सय प्रतिनिधिको सहभागीता रहने छन् । कार्यक्रमकालागि डक्टर किरात, कला राई, सरला राई, मेलिना राई, शिला राई, देबेस राई लगायतका संगीतकर्मीको संगीतिक प्रस्तुती रहने मोर्चाले जनाएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post