sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » कविता : जीवन, बाटो र यात्रा

जीवन छोटो रहेछ
हिँड्ने बाटो अनेकौँ रहेछ
हो यात्रा अनन्त, अबिरल र कठिन रहेछ
जीवन, बाटो, यात्रामा आआफ्नो लक्ष्य भए झैँ
साहिँला !
जीवनको परिभाषा फरकफरक हुँदो रहेछ
कसैले भन्छ पूmल,
कसैले भन्छ काँडा,
कसैले भन्छ अभिशाप,
कसैले भन्छ वरदान
यसो भनौँ जीवन– यात्रा, पूmल, काँडा, अभिशाप र वरदान रहेछ ।
हो साहिँला !
म यात्रामा छु–म एक यात्री ।
बाटो मेरो लक्ष्यसहितको हुने गर्छ–गन्तव्य खोज्ने
तर, साहिँला !
गन्तव्यको अन्तिम बिन्दु नहुँदो रहेछ
धेरै चढेँ उकाली, धेरै चढेँ ओराली
हिडेँ थुप्रो भन्ज्याङ र गडतिर
तर, झन लम्बिएर गयो जीवनको चुरो– चौतारी ! उकाली चढेँ– सकसपूर्ण भो !
झरेँ ओराली– कस्तो अभरिलो भो !
कतै डुब्छु झैँ लाग्छ–अनिश्चित जीवन सागरमा !
साहिँला !
र तेर्सो हिँडे त्यतै टुंग्याइ दिउँ भनेर
त्यो पनि झन लम्बियो ।
तेर्सो त साहिँला झन क्षितिजभन्दा टाढा भाग्दो रहेछ ।
तर साहिँला !
अझै पनि हिँड्नु छ र हिँड्दै छु सकेजति
किनभने जीवन यात्रा हो, बाटो हो
यात्रामा लक्ष्य छ मेरो–पूर्णता प्रप्त गर्ने ।
हुनतः साहिँला यात्राको अन्त्य र लक्ष्यको पूर्णता नहोला
एकपछि अरू आवश्यकता थपिएला
बुझ्दै जाँदा झन् बुझ्न गाह्रो होला
तै पनि यो मेरो उत्तरार्ध जीवनको निश्कर्ष हो साहिँला !
उकाली, ओराली, तेर्सो, उबडखाबड, र मरुभूमि न रहेछ जीवन
जहाँ छ जिउनुको अर्थ र हिँड्नुको अर्थ,
जीवनको अर्थ,
यात्राको अर्थ,
अर्थात जीवन हुनुको सार !

- रोशनकिशोर राई
नुनथला, खोटाङ

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post