sponsor

वैदेशिक समाचार

मल्टिमिडिया

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

ग्यालरी

» » » साप्सु खोलामा मोटरेबल पक्की पुल शिलान्यास

खोटाङ, मंसिर २२ । खोटाङको साप्सु खोलामा मोटरेबल पक्की पुल शिलान्यास गरिएको छ । स्थानीय पुर्वाधार बिकास तथा कृषि सडक बिभागको २ करोड ३० लाख ३६ हजारको लागतमा पूरा हुने पक्की पुल सांसद बिशाल भट्टराईले बुधबार शिलान्यास गर्नुभएको हो ।

दिक्तेल नगरपालिका–१० र मात्तिम जोड्ने ३० मिटर लम्बाई भएको पुल १८ महिनाभित्र पूरा हुने जिल्ला प्राबिधिक कार्यालय खोटाङका डिई राजु श्रेष्ठले बताउनुभयो । पुल निर्माण भएपछि दिक्तेल–खोटाङबजार सडकमा आवतजावत गर्न सहज हुनेछ । पुल आगामी असार मसान्तभित्रै पूरा गर्ने ठेकेदार कम्पनी गजुरमुखी हरिहरी निर्माण सेवा जेभीका प्रतिनिधि श्याम पोखरेलले शिलान्यास कार्यक्रममा प्रतिबद्धता जनाउनुभयो ।
साप्सु र तावा खोलामा पुल बने दिक्तेल–खोटाङबजार सडक सञ्चालनमा आउने छ । पुर्वसांसद कुलप्रसाद फुयाँलले जिम्मा लिएको पुल अलपत्र नपार्न ठेकेदारलाई सुझाव दिनुभयो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post