sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » निर्वाचन क्षेत्र पुर्वाधार बिशेष कार्यक्रमको बजेट बिनियोजन

खोटाङ, मंसिर २४ । खोटाङ क्षेत्र नम्बर २ को निर्वाचन क्षेत्र पुर्वाधार बिशेष कार्यक्रम अन्तरगतको बजेट बिनियोजन गरिएको छ । सांसद बिशाल भट्टराईले शुक्रबार होटल शुभदिनमा पत्रकार सम्मेलन गरेर आर्थिक वर्ष २०७३/०७४ को निर्वाचन क्षेत्र पुर्वाधार बिशेष कार्यक्रमको ३ करोड बजेट बिनियोजन गरेको जानकारी दिए । बराहपोखरी पर्यटन क्षेत्र बिकासकालागि ४५ लाख, च्यानडाँडा–रतन्छा–छितापोखरी सडककालागि २० लाख, सुन्तले फाक्टाङ बिद्युत बिस्तारकालागि १५ लाख, दोर्पाचिउरीडाँडा गाबिस बिद्युतीकरणकालागि १५ लाख, भगवती दिनानाथ माबि भूकम्प पुःर्नस्थापना भवनकालागि १५ लाख, बतासे बिद्युत बिस्तारकालागि १० लाख, रतन्छा दारुलाटार खेलमैदान स्तरोन्नतीकालागि १० लाख बजेट बिनियोजन गरिएको सांसद भट्टराईले जानकारी दिए । 

यस्तै, स्यालगौंडे–टेम्मा–लफ्याङ सडक, बड्कादियाले बिद्युत बिस्तार, तावाखोला तेश्रो लघुजलबिद्युत पोल खरिद, काहुले ग्रामिण बिद्युत मर्मत बिस्तार, लिच्कीराम्चे झ्याम्टेबर–रमाईलो सडक, दिक्तेल डाँडाखेत–संगमचोक रिट्ठाबोटे मेवाखोला सडक, जन्तेढुंगा कबर्डहल निर्माण, सिम्पानी–८ र ९ बिद्युत बिस्तार, मात्तिम र रतन्छा सडक स्तरोन्ती, नेर्पा लालबुडाँडा–बगरेभञ्ज्याङ सडक, चिप्रिङ–ईन्द्रेणीपोखरी सडक, धाप्लाङ–धर्तुङ–चिसापानी सडक, लिकुवापोखरी–गणेशचौतारी सडक, चुम्लुङ–खाप्तीङ–पामाखामभञ्ज्याङ सडक, लोहोकिल–साप्सु बेलडाँडा सडक र बुवाँजोरघाट पुङखानी सडक देबिस्थानकालागि १०/१० लाख रकम छुट्याइएको जानकारी दिइएको छ । 

पत्रकार सम्मेलनमा एमाले बैकल्पीक केन्द्रीय सदस्य राजन राई, जिल्ला उपाध्यक्ष राम दंगाल, उपसचिव कुमार आचार्य लगायतको उपस्थिति रहेको थियो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post