sponsor

समाचार

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » प्रवासको कमाई गीतसंगीतमा लगानी,नव गायक दिपकहाङ्ग

चिसाङ्ग शेर्पा, मंसिर, १८ । ‘रहर भए बहर किन्न सकिन्छ अनि खाने मुखलाई जुँगाले छेक्दैन’ यो नेपाली उखान सबैलाई ब्यावहारिक नभएता पनी अपवादमा कसैको जिन्दगीमा ठ्याक्कै मेल खाएको पाईन्छ । तपाईको दिमागमा आउँला बिदेश जाने धेरै पैसा कमाई जग्गाजमिन जोडी ब्यापार व्याबसाय गर्ने तर ! कोही ब्यक्ति यस्ता पनी भेटिन्छ जो रगत पसिना बगाएर पैसा कमाउँछन् कमाएको रकम मनोरञ्जनको दुनियाँमा लगानी गर्छन । यसैको भिडमा चार बर्षभरीको मलेसियाको कमाई खोटाङ अर्खौलेका नवगायक दिपकहाङ्ग राईले भने नेपाली गीतसंगीतमा लगानी गरेका छन् ।
नवगायक दिपकहाङ्ग राईको शुभारम्भ गिती एल्बमको कभर फोटो ।

नेपाली संगीतवजारले उभोगती लिन नसकिरहेकोे अबस्थामा ‘शुभारम्भ’ नामक गिती एल्बम मार्फत नवगायक दिपकहाङ्ग राई नेपाली संगीतबजारमा शुभारम्भ गर्न लागेका हुन् । पछिल्लो समयमा चुनौतीपुर्ण रहेको नेपाली संगीतबजारमा मलेशियाको चारवर्षे कमाई सार्वजनिक हुन लागेको आफ्नो एकल एल्बममा लगानी गरेको युवा गायक राईले बताए । बुवा तिर्थ बहादुर राई तथा माता बिष्णुकुमारी राईको सांहिलो छोराको रुपमा खोटाङ अर्खौले ३ पिपलटोलमा ०४९ असार १८ गते जन्मनु भएका नब युवागायक राईले ०६६ सालमा सरस्वती मावि अर्खौलेबाट प्रबेशिका परिक्षा उतिर्ण गरेका हुन् । रहर नै आफ्नो जिन्दगीको लागीे टर्निङ्गप्वाईण्ट भएको बताउने उनले ‘शुभारम्भ’ एल्बममा समाविष्ट ‘दिक्क कि हैन ठिक्क की’ बोलको गीतको भने म्युजिक भिडियो पनी निर्माण गरि युट्युबमार्फत सार्वजनिक गरिसकेका छन् । 

पाँचवटा गीत रहेको एल्बममा पाँचै श्रष्टाहरुको रचना छन् भने भुवन सुप्तीहाङ्ग राईको सोलो संगीत रहेको छ । आधुनिक तथा सेन्टिमेन्टल विधामा समाबिष्ट उक्त गिती एल्बममा क्या भोर भो,तिम्रै यादमा जलीरहे,पिरतीको यात्रामा,दिक्क कि हैन ठिक्क की,साथ देऊ हात देऊ जस्ता गीत समाबेश रहेको छ । नवगायक दिपकहाङ्गको एकल स्वर रहेको गीतमा नवराज बिष्ट,पत्रकार डब्बु क्षेत्री,बुद्घबीर लामा,मुकेश राई र गोपाल दाहालको रचना रहेको छ । संगीतकार भुवन सुप्तीहाङ्गसंग तीन महिना संगीत शिक्षा सिकेका गायक राईले एक म्युजिक भिडियोसहित साँढे तीन लाखको लागतमा उक्त एल्बम तयार पारेका हुन् । 

एक म्युजिक भिडियो युट्युबवाट सार्वजनिक गरिए पनी एल्बम केही समय लगत्तै औपचारिक कार्यक्रम गरी सार्वजनिक गरिने गायक राईले बताए । मोडल तथा नायिका पार्वती राई र लविन राईद्घारा अभिनित ‘दिक्क कि हैन ठिक्क की’ बोलको गीतले भने राम्ररी बजार तताईरहेको छ । परी सिने प्राली म्युजिक कम्पनीमार्फत आफ्नो एकल गिती एल्बम बजारमा ल्याउन लागेको र एल्बममा रहेका पाँच गीतले श्रोताहरुको मन छुने बिश्वास रहेको गायक दिपकहाङ्गले बताए ।
दिक्क कि हैन ठिक्क की’ बोलको गीतको म्युजिक भिडियो

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post