sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » पत्रकार कल्याणकारी कोष स्थापनार्थ डकुमेन्ट्रीबाट ७० हजार

खोटाङ, पुस ३ । पत्रकार कल्याणकारी कोष स्थापनार्थ खोटाङमा डकुमेन्ट्री प्रदर्शन गरिएको छ । बिभिन्न समस्यामा परेका पत्रकारको सहयोगार्थ पत्रकार जसकुमार राईको ऐतिहाँसिक डकुमेन्ट्री ‘बलिदान कहिल्यै मर्दैन’ र पत्रकार भीषण राईको ‘पहिचान’ नामक डकुमेन्ट्री प्रदर्शन गरिएको हो ।

किरात राई पत्रकार संघ केन्द्रीय समिति र जिल्ला समितिको संयुक्त आयोजनामा दुई डकुमेन्ट्री प्रदर्शन गरिएको हो । डकुमेन्ट्री प्रदर्शनबाट ७० हजार बराबरको रकम संकलन भएको किरात राई पत्रकार संघ खोटाङका अध्यक्ष रामधन राईले बताउनुभयो । 

पत्रकारको कल्याणकारी कोष स्थापना लागि पत्रकार संघले पुर्वी नेपालका बिभिन्न जिल्लामा डकुमेन्ट्री प्रदर्शन गर्दैआएको छ । ऐतिहाँसिक पृष्ठभूमीका डकुमेन्ट्री हेर्नकालागि जिबिसको समिक्षालय हल खचाखच भरिएको थियो । डकुमेन्ट्रीले एकोहोरो भएको दर्शकलाई युवा गायक सचिन राईले बीच–बीचमा नचाएका थिए । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post