sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » आफूले पाउने तलबको कुरा गर्दा तातो पनिउँले कुट्थ्यो

खोटाङ, पुस ६ । “म विदेश जाँदा वैदेशिक रोजगारीको बारेमा जानकारी दिने कोही थिएनँ ।” विदेशबाट पर्किएकी एक महिलाले भनिन्, “विदेश जानका लागि पु¥याउनुपर्ने आवश्यक कानूनी प्रक्रियाको बारेमा पहिले नै जानकारी पाएको भए मैले त्यस्तो धेरै दुःख पाउँदिन थिए होला !”

कुवेत, साउदी र ओमन पुगेर फर्किएकी खोटाङको निर्मलीडाँडा–३ की हिरा राईले गन्र्धव गीति यात्राका क्रममा उहाँको गाउँमा पुगेको टोली समक्ष आफूले विदेशमा पाएको दुःखको बारेमा जानकारी दिनुभएको हो । “सानै छँदा मलाई आफन्तले विदेश पठाउन फकाउन थाले ।” विगत सम्झँदै उहाँले भन्नुभयो, “पच्चीस हजार  तिरेर कुवेत हिँडे । इण्डियाको बाटो भएर जाँदा माइती नेपालले फर्काइ दियो ।” उहाँले थप्नुभयो, “प्रक्रिया नपु¥याइ विदेश हिँडेकाले फर्काइएको रहेछ ।”

पैसा कमाउन सकिन्छ भन्ने आशामा आफू पनि अरुको लहैलहैमा विदेश जान तयार भएको राईले बताउनुभयो । “नौं वर्षसम्म कुवेतमा बसे तर, पैसा भने दिएनन् ।” उहाँले भन्नुभयो, “आफूले काम गरेको पैसा माग्दा उल्टै तातो पनिउँले कुट्ने गथ्र्यो ।” घरेलु कामदारका रुपमा कुवेतमा रहँदा त्यहाँका साहुनीले पटकपटक यातना दिने गरेको उहाँले भताउनुभयो । कुवेतका साहुनीले तलाई मैले किनेर ल्याएको केको पैसा दिनु भन्दै एक दिन तन्नामा झुण्ड्याइ दिएको पनि उहाँले जानकारी दिनुभयो ।

साहुनीको ज्यादती सहन नसकेर त्यस घरबाट भागेको राईले बताउनुभयो । “मलाई झुण्ड्याएको ठाउँमा ४ वटा तन्ना जोडेर भाग्न सफल भएँ ।” उहाँले भन्नुभयो, “त्यहाँबाट निस्किएपछि बाटोमा भेटिएका मान्छेलाई आमाबुबा झै सम्झिएँ ।” बाटामा भेटिएका मान्छेहरुकै सम्पर्कमा  नेपाल नआइकन उताउतै साउदी गएको उहाँले सुनाउनुभयो । “साउदीमा पनि घरभित्रकै थियो तर, त्यहाँ त्यति गाह्रो भएन ।” उहाँले भन्नुभयो, “काम गर्न सबै आउथ्यो त्यसैले सजिलै भयो ।” साउदीमा तीन वर्षसम्म बसेर फेरी पनि विदेश नै जाने सोच राखेर त्यहीबाट ओमन गएको राईको भनाइ छ । “अहिले म ओमनबाट छुट्टीमा आएकी हुँ ।” उहाँले भन्नुभयो, “मैले धेरै दुःख पाएकाले विदेश जान चाहने महिला साथीहरुलाई विदेश जानुपूर्व सबै कुरा बुझेर मात्र जानु भनेर सुझाव दिइरहेकी छु ।”

घरकी जेठी छोरी भएकाले सबै गर्जो आफैले टार्नुपर्ने हुँदा बाध्यताबस आफू विदेश गएको राईले बताउनुभयो । घरमा वृद्ध आमाबुबा र छ जना भाइबहिनीको हेरचाह आफू एक्लैले धान्नुपर्ने बाध्यता रहेको राईको भनाइ छ । 

जिल्लाका अधिकांश महिलाहरु विदेश जानुपूर्व सूचना तथा जानकारी नलिइ जाने गरेको पाइएको बालसेवा समाज नेपाल नेर्पा खोटाङद्धारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामीका सामाजिक परिचालक लीला निरौला बताउनुभयो । गत साउन १ देखि मङ्सिर १५ गतेसम्म जिल्लाका १२१ जना महिलाले मात्र सूचना केन्द्रमा आएर जानकारी लिएको केन्द्रका परामर्शदाता अम्बिका दाहालले जानकारी दिनुभयो ।

पछिल्लो समय जिल्लामा वैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दो बनाउन सामीले गन्धर्व गीति यात्रा सञ्चालन गर्दै आएको छ । विदेश जाने महिला तथा पुरुषलाई जानु पूर्व पु¥याउनुपर्ने प्रक्रिया र विदेशमा गइसकेपछि अपनाउनुपर्ने सावधानीका बारेमा गन्धर्व मार्फत सन्देशमूलक गीत गाएर जानकारी दिने गरिएको हो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post