sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » किराती राष्ट्रिय मुक्ति मोर्चाको महाधिवेशन खोटाङमा हुने

खोटाङ, ७ पुस । किराती राष्ट्रिय मुक्ति मोर्चाको चौथो राष्ट्रिय महाधिवेशन खोटाङमा हुने भएको छ । नेकपा माओवादी केन्द्र निकट मोर्चाको महाधिवेशन आगामी पुस १६ र १७ गते खोटाङको सदरमुकाम दिक्तेलमा हुने भएको हो ।

माओवादी केन्द्रका संगठन विभाग प्रमुख रामबहादुर थापा (बादल)को प्रमुख आतिथ्यमा उद्घाटन हुने महाधिवेशनमा पोलिट ब्युरो सदस्य देव गुरुङ, स्थायी समिति सदस्यद्धय गोपाल किराती र सुरेश आलेमगरले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । दिक्तेलस्थित स्थानीय हेलिप्याडमा आयोजना गरिने कार्यक्रममा वरिष्ठ गायक सम्भु राई, डाक्टर किरात, रुपकुमार राई, कन्काइष्ट राई, रोशन राई, सरला राई, कला राई, जानुका राई, मेलिना राई, निश्चल राई, पार्वन राईको एकल प्रस्तुतीका साथै किरात जन साँस्कृति परिवारको बेजोड प्रस्तुती रहने मोर्चाले जनाएको छ । 

मोर्चाको राष्ट्रिय महाधिवेशन खोटाङमा हुने भएपछि जिल्लामा तयारी तीब्र पारिएको जिल्ला कार्यसमितिले जनाएको छ । जिल्लामा अरुणा राई (दिक्षा)को संयोजकत्वमा आर्थिक संकलन, प्रवचन राईको संयोजकत्वमा प्रचारप्रसार, खगेन्द्र राईको संयोजकत्वमा व्यवस्थापन र मिलन राईको संयोजकत्वमा स्वएम् सेवक परिचालन समिति गठन गरिएको छ । 

जिम्मेवारी बाँडफाँडसँगै सबै समितिले तीब्रगतिमा काम अगाडि बढाएको माओवादी खोटाङका कोषाध्यक्ष सुरेश राईले बताउनुभयो । महाधिवेशन उद्घाटनका लागि आउनुहुने प्रमुख अतिथि लगायतले जिल्लास्थित नेता तथा कार्यकर्तालाई प्रशिक्षण समेत दिनुहुने कार्यक्रम रहेको कोषाध्यक्ष राईले जानकारी दिनुभयो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post