sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » समाजबादी बिद्यार्थी फोरम नेपालको दिक्तेल क्याम्पस अध्यक्षमा नबिना

खोटाङ, पुष १ । समाजबादी बिद्यार्थी फोरम नेपालको दिक्तेल बहुमुखी क्याम्पस खोटाङको अध्यक्षमा नबिना रानामगर चयन भएकी छिन् । समाजबादी बिद्यार्थी फोरमको केन्द्रीय सदस्य रबिन खम्बुको प्रमुख आतिथ्यमा शुक्रबार उक्त क्याम्पसमा सम्पन्न अधिबेशनले रानामगरको अध्यक्षतामा ३५ सदस्यीय समिति चयन गरेको छ । 

समितिको उपाध्यक्षमा बिनेश राई, सचिब जोशिला श्रेष्ठ, सहसचिब अमिर राई र कोषाध्यक्षमा सबिना राउत चयन गरिएको समितिको जिल्ला सदस्य सचिब एलबी मगरले जानकारी दिए । हालसम्म जिल्लाका ५५ शैक्षिक संस्थामा समिति गठन गरिएको  मगरको भनाई छ । समाजबादी बिद्यार्थी फोरम नेपालको प्रथम जिल्ला अधिबेशन यही पौष ७ र ८ गतेको लागि तय गरिएको जनाईएको छ । 

जिल्ला अधिबेशनमा करिब ३ सयको हाराहारीमा प्रतिनिधि तथा पर्यबेक्षक अधिबेशनस्थल दिक्तेलबजारमा सहभागी हुने  बिबिध साँस्कृतिक तथा सांगीतिक कार्यक्रमको साथमा उद्घाटन गरिने भनिएको अधिबेशनको प्रमुख अतिधि केन्द्रीय अध्यक्ष बिबेक राई आउने भएका छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post