sponsor

समाचार

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » सितोरियोमा खोटाङलाई चार स्वर्णसहित १५ पदक

खोटाङ, मंसिर २९ । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगीताको क्षेत्रीय प्रतियोगीतामा खोटाङले चार स्वर्णसहित १५ पदक जितेको छ । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगीता अन्तरगत सोमबार र मंगलबार बिराटनगरको शहिद रंगशालामा आयोजित क्षेत्रीय छनौट प्रतियोगीतामा खोटाङले ४ स्वर्ण, ६ रजत र ५ कास्य पदक जितेको हो । १७ स्वर्णका लागि भएको प्रतिष्पर्धामा नेपाल सितोरियो कराते संघ खोटाङको नेतृत्वमा गएको टोलीले चार स्वर्ण हात पारेको हो । 

२०६८ सालमा भएको छैठौँ राष्ट्रिय खेलकुद प्रतियोगीतामा तीन स्वर्णसहित पुर्वाञ्चल दोश्रो भएको खोटाङले यस पल्ट पनि सोही स्थान प्राप्त गरेको छ । प्रतियोगीताको महिला एकल कातामा रोस्मा राई, कुमितेतर्फ ६० केजी तौल समुहमा सन्तोष राई, ६८ केजी महिला कुमितेमा मिसडोना राई र पुरुष ८४ केजी समुहमा सन्जयकुमार राईले जिल्लालाई स्वर्ण दिलाएका हुन् । यस्तै, पुरुष एकल कातामा मोतीचन्द्र राई, कुमिते ५० केजी समुहमा अर्जुन श्रेष्ठ, ६७ केजी समुहमा सुजन राई, ८४ केजी समुहमा हरिकाजी राई र महिला ६१ केजी समुहमा जस्मिना राईले रजत हात पारेकी हुन् । 

आयोजकका अनुशार पुरुष समुह काँतामा मोतिचन्द्र राई, सुमन राई र नबिन राई, महिला कुमिते ५० केजी तौल समुहमा बिद्याकला राई, ५५ केजी समुहमा प्रिया राई, ५५ केजी समुहमा नबिन राई र ७५ केजी समुहमा ईश्वरधन राईले कास्य पदक जितेका छन् । प्रतियोगीताकालागि २१ खेलाडी, दुई जना निर्णायक, एक जना कोच र एक जना व्यवस्थापक गरी २५ जनाको टिम बिराटनगर पुगेका थिए । प्रतियोगीतामा मोरङ पुर्वाञ्चल प्रथम र सुनसरी पुर्वाञ्चल दोश्रो भएका छन् । 

क्षेत्रीय प्रतियोगीता हुँदै राष्ट्रिय प्रतियोगीतामा पुग्न र बिजयी बनेर ‘खोटाङको नाम र ईज्जत’ फैलाउनकालागि शुमकामना दिँदै सितोरियो खेलाडीलाई दिक्तेलबाट मंसिर २५ गते भव्य बिदाई गरिएको थियो । बिदाईकाक्रममा त्रिदेब–रुपाकोट हलेसी यातायात प्रालिका भीम राईले खेलाडीलाई ६० हजार मूल्याको ट्र्याक हस्तान्तरण गरेका थिए । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post