sponsor

समाचार

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » याम्खामा कृषि मेला प्रदर्शनी

खोटाङ २५ पुस
कृषिलाई सम्मानित पेशाका रुपमा स्थापित गर्न खोटाङको याम्खामा कृषि मेला प्रदर्शनी गरिएको छ ।  कृषकलाई व्यवसायीक कृषि पेशाप्रति प्रोत्साहित गर्ने उद्देश्यले याम्खा–८ मा एक दिने कृषक समुह स्तरिय कृषि मेला प्रदर्शनी गरिएको हो । स्थानीय गाउँ जागरण कृषक समुहको आयोजनमा भएको कृषि मेला प्रदर्शनीमा २२ जना किसानले सहभागीता जनाएका थिए ।

 तरकारी बर्ग मात्रको कृषि प्रदर्शनीमा याम्खामा उत्पादित मुला, काउली, बन्दा, रायो, धनिया, प्याज, लसुन, अदुवा, खुर्सानी, सोपको साँग, काँक्रा, स्कुस, सलगम, गोलबेँडा, सिमी र मेवा ललगायतका तरकारी बाली प्रदर्शनमा राखिएको थियो । 

विभिन्न ठाउँमा उत्पादन भएका कृषि उपजको प्रचार–प्रसार एबं प्रतिष्पर्धा गराउँदै उत्कृष्ट कृषि उपज उत्पादन गर्ने कृषकलाई थप प्रोत्साहित तथा निस्क्रिया किसानलाई सक्रिया बनाउनकालागि कृषि मेला प्रदर्शनीको आयोजना गरिएको कृषक समुहका अध्यक्ष तेजबहादुर कार्कीले बताउनुभयो । 

कृषि प्रदर्शनीमा उत्कृष्ट १३ किसान पुरस्कृत भएका छन् । उत्कृष्ट किसानलाई जनही ५५ रुपैयाँका साथमा प्रमाणपत्र प्रदान गरिएको छ । 

उनीहरुलाई जिल्ला कृषि विकास कार्यालय खोटाङका प्राविधिक सहायक रामभक्त अधिकारी, गाबिसका प्रतिनिधि लगायतले नगदका साथमा प्रमाणपत्र प्रदान गरेका थिए । मेला आईतबार आयोजना गरिएको हो । कार्यक्रममा गाविस स्थित दलका प्रतिनिधि, गाबिसका प्रतिनिधि, कृषि बन तथा वातावरण समिति, संघसंस्था, कृषक समुह लगायतका प्रनिनिधिको उपस्थिति रहेको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post