sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » स्थानीय तह पुनःसंरचना आयोगका अध्यक्ष र सदस्यको पुत्ला जलाइयो

खोटाङ, २६ पुस । खोटाङबाट प्रस्ताब गरिएको भन्दा फरक गाउँपालिका बनाउन सिफारिस गरिएको बिरोधमा आन्दोलनमा उत्रिएका स्थानीयले स्थानीय तह पुनःसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेल र सदस्य डा. श्याम भुर्तेलको पुत्ला जलाएका छन् ।
महुरेगढी गाउँपालिका बनाउन प्रस्ताब गरिएकामा लामीडाँडा गाउँपालिका बनाउन सरकारलाई प्रतिबेदन बुझाइएको बिरोधमा सडक बन्द गरेर बिरोधमा उत्रिएका बुईपा, राजापानी, बिजयखर्क, नुनथला लगायतका स्थानीयले मंगलबार आयोगका अध्यक्ष पौडेल र सदस्य भुर्तेलको पुत्ला जलाएका हुन् । काठमाण्डौँ बस्ने जिल्लाका केही नेताको ईसारामा गाउँपालिका र नगरपालिकाको खाका परिवर्तन गराउन भूमीका खेलेको भन्दै स्थानीयले नुनथलाको महुरेस्थित सडकमा आयोगका अध्यक्ष र सदस्यको पुत्ला दहन गरेका हुन् ।
सामन्ती चरित्र भएका केही व्यक्तीको प्रभावमा जनताको भावनलाई कुठाराघात गर्दै एकलौटी र मनोमानीढंगले गाउँपालिका बनाउन प्रतिबेदन बुझाएकाले पुत्ला जलाइएको संघर्ष समितिका संयोजक उदयबहादुर कार्कीले बताए । आयोगले जिल्लाका दल र प्राबिधिक समितिलाई बेकम्मा बनाउनेगरी महुरेगढी गाउँपालिकालाई हटाएर लामीडाँडा गाउँपालिका बनाउन सिफारिस गरिएकोप्रति असन्तुष्टी जनाउँदै स्थानीयले मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–जयराम सडकको नुनथला खण्ड गत शनिबारदेखि अनिश्चितकालका लागि बन्द गरेका छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post